याे हाे ? फेसबुकमा नयाँ फिचर!

स्नापच्याट स्टोरीवाला फिचर फेसबुकमा पनि समावेश गरिएको छ। इन्स्टाग्राम र वाटस्एपमा आइसकेको यस फिचरलााई सर्वाधिक प्रयोगकर्ता रहेको फेसबुकले पनि समावेश गरेको छ।
 यस फिचर्स अन्तर्गत फेसबुकको एपमा ‘फेसबुक स्टोरी’ मुनि साथी रहेकाहरु मध्येका केहिको फोटो देखिने छ जो २४ घण्टा पश्चात आफैँ हट्ने छ ।
 हाल चिल्ली, ग्रिस र भियतनामका प्रयोगकर्ताले यस फिचर्सको मजा लिइरहेका छन् भने छिटै यस फिचर्स संसारभरीका प्रयोगकर्तामाझ पुर्याउने फेसबुकले जनाएको छ ।
फाेटाे: टेकक्रन्च


Facebook Comment


No ads found for this position