यात्रा अनुभव: तिलाेचाे पुग्दा लाग्याे स्वर्ग भनेकाे यही हाे ,यसरी पुग्न सकिन्छ तिलाेचाे

दिनभरको हिडाई, अलीकती सम्म आएपछी अब त उकालो सकियो भन्ने लाग्यो । अझ उकालाे सकीदैन । जती हिडेपनी सम्म नअाउने । सायद उच्च स्थानमा उकालाे हिड्दा यस्ताे भएर हाेला । जती हिडे पनी नपुगेकाे जस्ताे लाग्ने ।   हामीले पाएको जानकारी अनुसार सम्म बाटो अलीकती हिडेपछी ताल हेर्न पाईन्छ भन्ने सुनेको । उकालो बाटो सकिएर लगभग एक घण्टा सम्म बाटो हिडदा पनी ताल नदेखेपछी मनमा कता कता निरास जस्तो लाग्यो । तर सम्म बाटो सकीय लगतै निलो ताल देखे पछी लाग्यो म त स्वर्ग नै पुगे जस्तै ।

रोहीणी प्रसाद खनाल

यो हो विश्वको सबैभन्दा बढी उचाईमा रहेका ताल तिलोचो ताल पुग्दाको अवस्था । वरिपरी हिमाल विचमा ताल, तालको सुन्दरता हेर्दा लाग्यो म त स्वर्ग पुगे जस्तै । हिमालकै काखमा रहेको तालको सुन्दरता शब्दमै बयान गर्न सकिन ।
हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।

वरिपरि निलगीरी, खंग्सा, मुक्तिनाथ, र तिलोचो लगाएत दर्जन हिमालहरुको काखमा रहेको छ तिलोचो ताल । पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर उचाईमा रहेको तिलोचो ताल । यो ताल अहिले आन्तरीक पर्यटकको पनी उत्तिकै रोजाईमा रहेको छ ।
तिलिचो तालमा नपुग्दा लाग्यो कती गाह्रो यात्रा, तर तिलोचो ताल पुगिसकेपछि लाग्यो यदी म यो स्थानमा नपुगेको भए जिवनमा सबैभन्दा ठुलो कुरा छुटाए जस्तो अनुभुती हुने थियो ।
परापूर्वकालमा भगवान शिवले यहीँ तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएकाले पनी यस्को धार्मिक महत्तव रहेको जनविश्वास रहेको छ ।
कसरी पुग्ने तिलोचो
सामान्य तया काठमाण्डौ देखि बेसीसहर सम्म यातायातामा जाने गरीनछ । तत्पश्चात पैदल यात्रा सुरु हुन्छ । बेसीसहर देखि च्याम्चे । च्याम्चे देखि धारापानी । धारापानी देखि चामे । चामे देखि पिसाड । पिसाड देखि मनाड ।

मनाड देखि खंसार । खंसार देखि तिलोचो आधारशिवीर । तिलोचो आधारशिवीर देखि तिलोचो ताल हुदै पुन तिलोचो आधरशिवीर आउने गरीन्छ । पदयात्रा कम गर्न चाहनेहरुले मनाडको सदरमुकाम चामे सम्म सवारी साधनमा यात्रा तय गर्ने समेत गर्दछन् । लेखक नेपाल पर्यटन बोर्डका प्रबन्धक हुन

 

 

 


Facebook Comment


No ads found for this position