यातायात बन्द

road

धुन्चे (रसुवा), २४ साउन । उत्तरी क्षेत्रको भार्खु इलाका क्षेत्रमा पहिरो गई सडक अवरुद्ध भएपछि पासाङ ल्हामु राजमार्गबाट केरुङतर्फ जाने सबै खाले सवारी साधन आवतजावत बन्द भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख दर्शन गिरीका अनुसार स्याफ्रु गाविस–४ सानुभार्खु नजिकै याउमाने भिरमा पहिरो गएको हो । सडक बन्द भएपछि चीनबाट आयात हुने सामग्री बोकेका दर्जनौँ कन्टेनर बाटामा अलपत्र परिरहेका छन् ।

स्थानीयवासी टासी फिन्जोले रासससँग कुरा गर्दै माथिबाट आएको ढुङ्गा फुटाउन मुस्किल पर्ने देखिएकाले यातायात सञ्चालन गराउन अझै दुईतीन दिनभन्दा बढी समय लाग्ने जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position