यस्तो बन्ने भयो काठमाडौंको तिनकुने पार्क (फोटो/भिडीयो)

 काठमाडौंको तीनकुनेमा जस्तापाताले बेरिएको खुला जमीन छ । तर, अब यो खुल्ला ठाउँ एउटा मनमोहक आध्यात्मिक केन्द्र बन्ने भएको छ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको सपना साकार पार्ने गरी महानगरपालिकाले यहाँ धार्मिक संरचना बनाउन लागेको हो

shanti-mandala-tinkune3
हिउँदमा धुलाम्मे र वषर्ामा हिलो एवं झाडीले ढाक्ने झण्डै ५० रोपनीको यो चौरीलाई महानगरपालिकाले एउटा धार्मिक एवं आध्यात्मिक पार्कका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।

छाडा पशु चर्ने र सिकारु गाडी चलाउने ठाउँका रुपमा रहेको यो ठाउँ अब योजनाअनुरुप काम भए केही वर्षभित्रै शान्ति मण्डलाको रुपमा विकसित हुनेछ ।

shanti-mandala-tinkune6
चौरलाई बौद्ध र हिन्दुधर्मको फ्युजन गरेर आत्यात्मिक एवं धार्मिक पर्याटनस्थलको केन्द्र बनाउने लक्ष्यसहित यसको सम्भाव्यता अध्ययन गरिएको हो । अब यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीअार) तयार पारेर कार्यान्वयनमा लैजाने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले अनलाइनखबरलाई बताए ।

मुख्य विशेषता
शान्ति मण्डलाको मुख्य आकर्षणका रुपमा बुद्धको मूर्ति रहनेछ । मण्डलाको बीच भागमा यो मुर्ति राखिने छ । जमिनको सहतदेखि १ सय ८ फिट अग्लो रहने यो मूर्ति हिन्दु तथा धार्मिक पर्यटकका लागि लक्षित हुनेछ ।

shanti-mandala-tinkune13
मण्डलाको प्रारम्भिक अवधारणसहितको डिजाइन तयार भइसकेको छ । महानगरपालिकाले तीनकुनेको संरचना तयार पार्न आर्किटेक्ट डिजाइन एसोसिएट्सलाई यसको सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको थियो ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नै यो बुद्धको प्रतिमासहितको बगैंचा निर्माण गर्न चासो देखाएका थिए । महानगरपालिकाको वाषिर्क बजेट सार्वजनिकरण गर्न भएको कार्यक्रममा थापाले तीनकुनेमा बुद्धको मुर्ति राख्ने प्रक्रिया थाल्न महानगरपालिकालाई निर्देशनसमेत दिएका थिए ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङ डीपीआर तयार गरेर सकेसम्म छिट्टै यो परियोजना निर्माण गरिसक्ने बताउँछन् । पार्क निर्माणका लागि १ अर्व २३ करोड ४६ लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
shanti-mandala-tinkune11
कस्तो हुन्छ मण्डला ?

मण्डलालाई हिन्दु र बौद्ध धर्मको मर्मलाई फ्युजन गरेर निर्माण गर्न लागिएको छ । मण्डलाको बीच भागमा ५४ फिट अग्लो स्तुपा आकारको संरचना निर्माण गरिनेछ । जसलाई माटोले भरिने छैन । स्तुपाभित्र तीनतलाको संरचनाहरु निर्माण हुनेछ । बाहिरी भागमा भने दुबो सहितको चाैर रहनेछ । जसमा  विभिन्न मण्डला जनाउने क्रसहरू रहनेछन् ।

स्तुपाभित्रको भन्दा तल्लो तलामा पार्किङको व्यवस्था गर्ने योजना बनेको छ । दोस्रो तलामा ध्यान केन्द्र निर्माण गरिनेछ । भने तेस्रो तलामा क्युरेटर सपहरु रहनेेछन् ।

shanti-mandala-tinkune14
ध्यान केन्द्र अर्थात ‘मेडिटेसन’ हलमा विभन्न आध्यात्मिक कार्यक्रम गर्न प्रयोग गरिनेछ । पार्कभित्र शंख चक्र पार्कसहित हलमा एकैपटक दुई सय जनाले योग गर्न सक्नेछन् ।

क्युरेटर सपमा भने विभिन्न धार्मिक वस्तु र सजावटका सामाग्रीहरु किन्न सकिने छ । त्यही स्तुपाको माथि बानेश्वरतर्फ फर्किएको १६ मिटर अग्लो बुद्धको मूर्ति सजाइनेछ । यसले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनेछ ।

मूर्तिको छेउमा दुईवटा मन्दिर जसतै संरचना राख्न प्रस्ताव गरिएको छ । तर, त्यसमा मूर्ति राख्ने योजना महानगरको छैन ।

shanti-mandala-tinkune5
मण्डलाको तीनै कुनालाई बौद्ध र हिन्दु धर्मको मर्मसँग फ्युजुन गर्ने योजना छ । तीन कुनालाई हिन्दूधर्मको ब्रहृमा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिन सकिने सोचमा यसको डिजाइन भएको छ ।

यस्तै बौद्ध धार्मावलम्वीहरुले तीनै कुनालाई आफ्नो दर्शनअनुसार बुद्ध धर्ममा ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’लाई मान्न सक्नेछन् । ‘यहाँ प्रतीक झल्किने कुनै चीज हुनेछैन । तर, आध्यात्मिक ठाउँ भएकाले धार्मिक प्रतीकका रुपमा मात्रै विकास गरेका हौं’ कार्यकारी प्रमुख तामाङले भने ।

भिडियो हेर्नुस्

पार्कको प्र्रत्येक कुनामा चक्र र शंखको पेभिलियन निर्माण हुनेछ । पार्क वरपर नेपालका झण्डा राखेर राष्ट्रिय गौरवको स्थलमा रुपमा पनि पार्कलाई विकास गरिनेछ ।

shanti-mandala-tinkune12
मण्डलाका भित्र हरियाली पार्कसमेत निर्माण हुनेछ । त्यसका लागि रुख बिरुवाहरु रोपिनेछन् । संरचनाको तीनवटै कोणमा वाटर फाउन्टेन जडान गरिनेछ । बेलुकीको समयमा यसलाई रंगीन म्युजिकल फाउन्टेनका रुपमा प्रयोग गरिनेछ ।

यसलाई पूर्ण धार्मिकरुपमा भन्दा पनि धार्मिक विम्वयुक्तस्थलका रुपमा विकास गर्ने सोच महानगरको छ । पार्कमा परिक्रममा मार्ग घुमिसकेपछि आगन्तुकको मन शुन्यतामा जाने अर्थात् शहरी कोलाहल र तनावबाट मुक्ति पाउने डिजाइनको सोच छ ।

गोलाकारबाट मूर्तिसम्म पुग्न १२ वटा प्रवेश कक्ष हुनेछन् । १२ घण्टाको दिनर १२ घण्टाको रात तथा असीमित समयको भावको प्रवेशद्वार निर्माण हुनेछन् ।

shanti-mandala-tinkune10
पार्क र बाहिरी भागको वीचमा पानीको फोहोराले सीमाना बनाउने ढाँचामा उल्लेख छ । पार्कभित्र बस्ने मानिसलाई बाहिरी सवारी साधनको हल्लाले असर नगर्ने गरी नयाँ प्रविधि जडान गरिनेछ । पार्कमा पानीको कलकल आवाज सुन्न पाइने भएकाले पार्क प्राकृतिक हुने दाबी गरिएको छ ।

कार्यकारी अधिकृत तामाङले शहरलाई ठूला योजनाबाट समृद्धितर्फ लैजान महत्वाकांक्षी र बहुवषर्ीय योजनाहरु अघि सारिएको बताए ।

shanti-mandala-tinkune8
जग्गाको किचलो

पार्क निर्माण लागि महानगरले योजना अघि सारे पनि तीनकुनेको जग्गा विवाद अझै सुल्झिएको छैन । अधिग्रहण गर्दा केही जग्गाधानीले मुआब्जा कम भएको भन्दै अस्वीकार गरेका छन् । अझै थुप्रै परिवारले तीनकुनेबाट हटेपनि मुआब्जा बुझेका छैनन् ।

shanti-mandala-tinkune4
काठमाडौं जिल्ला प्रशासन कार्यालय उनीहरुको मुआब्जा रकम फि्रज भएर बसेको छ । जग्गा विवाद नसुल्झिएसम्म पार्क बनाउन नसकिने महानगरका अधिकारीहरु बताउँछन् ।

थप फोटो हेर्नुस्
shanti-mandala-tinkune7
shanti-mandala-tinkune15
shanti-mandala-tinkune16
shanti-mandala-tinkune17


Facebook Comment


No ads found for this position