यस्तो छ कर्मचारी सरुवामा नयाँ नीति

३ साउन काठमाडौं । सरकारले कर्मचारी सरुवाको नयाँ नीति बनाएको छ। मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार बसेको सचिवहरुको बैठकले कर्मचारी सरुवाका लागि नयाँ नीति बनाएको हो।

Singaadurbarसरकारले ल्याउने नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी त्यो आर्थिक वर्षभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ ।

एउटै आर्थिक वर्षमा कर्मचारीको पटकपटक सरुवा हुँदा कार्यसम्पादनमा समेत नकारात्मक असर पर्ने र नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयन प्रभावित हुने निश्कर्ष निकाल्दै नयाँ सरुवा नीति बनाइएको हो।

कर्मचारीसँग कार्यसम्पादन करार गरी सम्बन्धित कार्यालय/ निकायमा खटाउने र त्यसरी खटाइएका कर्मचारीलाई सो आवभर सरुवा नगर्ने व्यवस्था मिलाइने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


Facebook Comment


No ads found for this position