यसकारण बारम्बार नबदल्नुस् आफ्नो पासवर्ड

हामीेले सधै सुन्दै आएको कुरा हो की आफ्नो इन्टरनेट अकाउन्टको पासवर्ड सधै बदलिरहनुपर्छ ता की अनलाइन अकाउन्टको पासवर्ड कुनै गलत व्यक्तिले थाहा पाउन नसकोस् ।

पछिल्ला दशकहरुमा कम्प्युटर तथा इन्टरनेटको दुनियामा निकै चल्तीको धारणा हो यो ।ठूला ठूला कम्पनीहरुमा पनि यो धारणाले यसरी जरो गाडेको हुन्छ की उनीहरुले आफ्ना अनलाइन अकाउन्टका पासवर्डहरु हरेक महिना, डेढ महिनामा बदलिरहेका हुन्छन् र प्रयोगकर्तालाई पनि आ आफ्ना अकाउन्टका पासवर्ड बदल्न बाध्य पार्दछन् । अन्यथा लगइन गर्नै नपाइने व्यवस्था समेत गरिदिन्छन् ।

तर एक रिपोर्ट अनुसार अमेरिकाको टेलिकम नियामक फेडरल टेलिकम कमिसन बारम्बार पासवर्ड बदल्ने कामलाई सुरक्षित मान्दैन । टेलिकम क्षेत्रका दुनियाका नामूद १ सय कम्पनीहरुमध्ये फेडरल टेलिकम सबैभन्दा ठूलो संस्था हो ।रिपोर्ट अनुसार यदि तपाइँ बारम्बार पासवर्ड बदलिरहनुहुन्छ भने ह्याकरहरुलाई तपाइँको पासवर्डको प्यार्टन पत्तो लाग्नसक्छ । जसका कारण उनीहरुलाई पासवर्ड थाहा पाउन सजिलो हुन्छ ।

फेडरल टेलिकम कमिसनका अधिकारीहरुका अनुसार पूरानो इमेल अकाउन्टमा मानिसहरुले कसरी पासवर्ड बदल्छन् भन्ने कुरा थाहा पाउने कोसिस गरिएको थियो । कतिपय अवस्थामा त मानिसहरुले पासवर्डमा नाममात्रैको परिवर्तन समेत गरेर काम चलाउँछन् । अर्थात्  पासवर्ड परिवर्तन गर्ने नाममा लगभग पूरानै जस्तो पासवर्ड राख्दछन् ।

एक अर्को अनुसन्धानबाट के पत्ता लागेको छ भने जो मानिसलाई बारम्बार पासवर्ड बदल्ने आवश्यकता पर्दछ उनीहरु यस्तो पासवर्ड राख्दछन् की जो उनीहरुलाई सम्भिmन सजिलो हुन्छ । यस्तो सजिलो पासवर्डको अनुमान लगाउन र ह्याक गर्न ह्याकरहरुलाई निकै सजिलो हुन्छ र पासवर्ड राखेको नराखे बराबर हुन्छ ।

त्यसैले पासवर्ड धेरैपटक बदल्दैमा त्यो सुरक्षित हुन्छ भन्ने छैन । झनै खतरनाक र अनुसरक्षित पनि हुनसक्छ । पासवर्ड बदलिरहनुको साटो बढि सुरक्षित पासवर्ड चयनमा ध्यान पूराउनु पर्दछ ।


Facebook Comment


No ads found for this position