यसकारण फेसबुक प्रयोगकर्ता घट्दै

काठमाडौं । अमेरिकामा यो वर्ष युवा फेसबुक प्रयोगकर्ता घट्ने एक अध्यययनले देखाएको छ । विश्वभर फेसबुक प्रयोगकर्ता बढिरहेका बेला अमेरिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता ३.४ प्रतिशतले घट्ने डिजिटल प्रविधिको अनुसन्धान गर्ने संस्था ई–मार्केटरले जनाएको छ ।

विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको कुनै पनि उमेर समूहका प्रयोगकर्ता घट्ने देखिएको पहिलो पटक भएको बताइएको छ ।

ई–मार्केटरका अनुसार अमेरिकामा सन् २०१७ मा १ करोड ४५ लाख किशोरकिशोरीले फेसबुक प्रयोग गर्नेछन् । जुन अघिल्लो वर्षको तुलनामा ३।४ प्रतिशत कम हो ।

युवा पुस्ता अहिले स्न्यापच्याट र फेसबुककै अर्को सोसल नेटवर्क इन्स्टाग्रामतर्फ लोभिन थालेकाले फेसबुक प्रयोग कम गरेको एक अनुसन्धानमा देखिएको ई–मार्केटरले जनाएको छ । विश्वभर फेसबुकका प्रयोगकर्ता बढिरहेको छन् । अहिले उक्त संख्या २ अर्ब रहेको र युवा पुस्तामा भने अन्य सञ्जालतर्फ आकर्षित हुन थालेको अध्ययनमा संलग्न एक विश्लेषकले जनाएका छन् ।

फेसबुकले युवा प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न तथा जोगाइराख्न केही नयाँ स्वाद दिनुपर्ने पनि ती विश्लेषकको सुझाव छ । “युवाहरु फेसबुकमा रहिरहने कम सम्भावना देखिएको छ,” उनले भनेका छन् ।


Facebook Comment


No ads found for this position