मोर्चाको धम्कीपछि एमाले भेला स्थगित

२४ मंसिर, काठमाडौं । मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला स्थगित भएको छ ।

CPN-UML-Flagवीरगन्जको नगर सभागृहमा शुक्रबार र शनिबार केन्द्रीय नेताको उयपस्थितिमा गर्न लागिएको एमाले मुखपत्र नवयुगको वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको हो ।

कार्यक्रममा महासचिव इस्वर पोखरेल, सचिव योगेश भट्टराईलगायतका केन्द्रीय नेता सहभागी हुने एमालेले जनाएको थियो । भेलामा एलमालेले नवयुगका ग्राहकलाई समेत निम्तो दिएको आजकोअन्नपूर्णमा समाचार छ ।

एमालेको प्रचार विभागका सदस्य अरविन्द सिंहले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएकाले वीरगन्जको कार्यक्रम स्थगित भएको बताइन् । स्रोतले भने मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको दाबी गरकेो छ ।


Facebook Comment


No ads found for this position