मोदी मुक्तीनाथ जादा अन्नपुण पदयात्रा दुई दिन रोक्नु अमानवियताको पराकाष्ठ हो: पर्यटन व्यवसायी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भम्रणको क्रमममा मुक्तिनाथ मन्दिरका जादा विश्वको प्रख्यात अन्नपूर्ण पदयात्रा दुइ दिन बन्द हुने भएको छ । स्थानीय प्रशासनले अन्नपूर्ण पदयात्रा मार्गको थोराङ्ला पास हुँदै जाने पदयात्रीलाई पनि रोक्ने रोक्न निर्णय गरेको हो ।
अन्नपूर्ण पदयात्रमा रहेका यात्रुहरु, जो थोराङला पास हुँदै मुस्ताङ प्रवेश गर्दैछन्, उनीहरु २८ र २९ गते रोकिनेछन् ।

स्थायिन प्रशासनले यसरी रोक्दा पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने भन्दै पर्यटन व्यवसायीहरुले विरोध समेत गरेका छन् । यसरी स्थानिय प्रशासनले पर्यटकालई रोक्दा अन्तराष्टिय क्षेत्रमा समेत नकरात्मक असर पर्ने बताएका छन् । स्थानिय प्रशासको यो निर्णयले आन्तरिक तथा बाहृय गरि दुई दिनमा १२ सय पर्यटक प्रभावित हुनेछन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष नवराज दाहालले स्थानीय प्रशासनको निर्णय गैरजिम्मेवारपूर्ण भएको बताए । उनले भने, ‘भिसा निश्चित समयको लागि हुन्छ, टिकट पनि फिक्स हुन्छ । उनीहरुलाई दुई दिन रोक्ने निर्णयले पर्यटन क्षेत्रबारे पुरै नकारात्मक सन्देश बाहिर जान सक्छ ।’

सुरक्षाका हिसाबले केही घन्टा लागि रोक्नु उचित भए पनि हिडडुल नै बन्द गराउनु गलत भएको उनको भनाइ छ ।मुस्ताङको जिल्ला प्रशासन कार्यालयले २८ र २९ गते मन्दिरका साथै थोरङ्ला पास हुँदै मनाङतर्फ आउने पदयात्रुलाई समेत रोक्ने निर्णय गरेको छ ।

पर्यटन व्यवसायीहरुका अनुसार अन्नपूर्ण क्षेत्रको पदयात्रा अहिले संसारकै उकृष्ट १० मध्येमा परेको छ र रुटमा दैनिक ३ देखि सय पर्यटकको आवागमन हुन्छ । दुई दिनमा लगभग ८ सय जना विदेशी पर्यटक प्रभावित हुन्छन् । विदेशीको संख्या बराबर नै स्वदेशी पर्यटकको पनि त्यहाँ आवागमन हुने गर्छ ।

पर्यटकको पिक सिजनमा सरकारले अव्यवहारिक निर्णय गरेको टानका अध्यक्ष दाहालले बताए । ‘यसबाट विदेशी पर्यटकलाई अनावश्यक रुपमा खर्चको बोझ बढ्छ र थोराङ्लामा अत्याधिक पर्यटक जम्मा हुँदा बासको पनि समस्या आउँछ ।’

त्यस्तै नेपाल पर्यटन बोर्डका संचाल समितिका सदस्य दिपक महतले भने भारतिय प्रधानमन्त्री मोदिले मुक्तीनाथको दर्शन गर्न जादा भारतिय पर्यटकहरु बिच सकारात्मक सन्देश प्रवाह हुनजाने र आगामी दिनहरुमा मुक्तीनाथको दर्शनको लागि नेपाल आउने भारतिय पर्यटकहरुको उल्लेखनिय बृद्धी हुने आशा गर्न सकिन्छ । यस अर्थमा मोदिको मुक्तीनाथ दर्शनको कार्यक्रम स्वागत योग्य कुरो हो ।

तर हाल हुनलागेको मोदिको भ्रमण भन्दा २ दिन अगाडी देखीनै मुक्तीनाथको बाटो भएर यात्रा र पदयात्रा गर्न प्रतिबन्ध लगाइएको मुस्ताङ जिल्ला प्रशानको सुचना भने पर्यटक बढाउन भन्दा घटाउन तिर उद्धत भएको देखिन्छ । बर्षौ देखी आफ्नो पदयात्राको योजना बनाएर हिंड्ने बिदेसी पर्यटकहरु लाई यसरि अचानक कठिन हिमाली भागमा ४८ घन्टा सम्म रोक्नु “अतिथी देवो भब् भन्ने हाम्रो मुलुकले स्वदेशी तथा बिदेशी पर्यटकहरु प्रती देखाएको अमानवियताको पराकाष्ठ नै हो । अन्तत यस्ता कृयाकलापले पर्यटकहरुको आगमन बढाउने होईन, घटाउने नै छ र पर्यटकिय बिश्व बजारमा यस्ले नकारत्मक प्रभाव नै छोडने छ ।

त्यस्तै युवा पर्यटन ब्यबसायी राजेन्द्र प्रसाद सापकोटा भन्छन नरेन्द्र मोदीको मुक्तिनाथ भर्मण हुने अघिल्लो दिन देखी शर्बसाधारण नागरिक एबम पर्यटक लाई मुस्ताङ प्रबेशमा रोक्नु पर्यटनको ठुला ठुला कुरा गर्छौ हामी तर व्यबहार कुनै एक बिदेशी नागरिक लाई के मतलब कुनै देशका प्रधानमन्त्री आउन वा जाउन बर्शौ बर्ष देखिको योजना बनाएर अन्नपूर्ण घुम्न आयका र अहिले तेही क्षेत्र भित्र रहेका पदयात्रिहरुलाई मुस्ताङ प्रवेशमा प्रतिबन्ध लगाइनु कती जायज होला, सुरक्षाको प्रश्न हो भने मन्दिर प्रबेश रोके भयो पुरै बाटो बन्द गरी पर्यटकहरुलाई फर्काईनु पर्यटकहरु प्रतीको घोर अपमान हो । जुन सुकै बहानामा पर्यटक प्रती गरिने यस्ता कार्य खेद जनक छ ।


Facebook Comment


No ads found for this position