माओवादीमा मन्त्री छान्न मापदण्ड

parchanda१४ साउन, काठमाडौं ।माओवादी केन्द्रले दलका तर्फबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ। मन्त्री छनोट गर्न बसेको हेडक्वार्टरपछि बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो।
केपी ओली सरकारमा परेका केही मन्त्रीले समेत सरकारमा जान इच्छा देखाएपछि मापदण्ड तोकिएको स्रोतले बतायो।
मापदण्ड सार्वजनिक नगरिएपनि संविधानअनुसार समानुपातिक समावेशिता, नेतृत्व क्षमता, पार्टी संगठनमा भूमिका, क्षेत्रीय सन्तुलनलाई मिलाएर मन्त्री छान्ने निर्णय भएको नेताहरुले बताए।
प्रवक्ता पम्फा भुसालले सक्षम नेतामध्ये समानुपातिक र समावेशी प्रतिनिधित्व, क्षेत्रीय सन्तुलन मिलाएर मन्त्री बनाउने पार्टी निर्णय भएको बताइन्।


Facebook Comment


No ads found for this position