मलेसियामा अवैध बस्ने विदेशीमाथि धरपकड सुरु

साउन, काठमाडौं । मलेसियाले सुरक्षा चुनौतिको रुपमा रहन सक्ने विदेशीमाथि धरपकड गरेर देश निकाला गर्ने गरी आजबाट अभियान सुरु गरेको छ । अवैधानिक रुपमा बसिरहेका विदेशीमाथि मलेसियाले फेरि धरपकड सुरु गरेको हो ।

यसले मलेसियामा अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित गर्ने छ । विभिन्न कारण भिसाको अवधि सकिएपनि सयौं नेपाली स्वदशे नफर्किएर मलेसियामै कार्यरत छन् ।

मलेसियाली प्रहरी र वैदेशिक रोजगार विभागले अन्तरगतको काउन्टर टेरोरिज्म डिभिजनको स्पेशल ब्रान्चका भुकिट अमानले नेतृत्व गरिरहेको टोलीले जलान मस्जिद इण्डिया क्षेत्रमा धरपकड अभियान चलाइरहेको छ ।

यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजात बिना मलेशिया बसिरहेका विदेशीहरु पक्राउ गर्ने रहेको छ । अभियानले इराक, सिरिया जस्ता देशका आतंकवादीहरुसँग सम्बनध रहनेहरुलाई पनि धरपकड गर्ने र कब्जामा लिने भएको छ ।

पहिलो पटक चलाइएको यस अभियानमा वैदेशिक रोजगार विभागको स्पेशन एक्सन युनिट र जेनरल अपरेसन्स फोर्सको टाइगर प्लाटुन संलग्न रहेका छन् ।


Facebook Comment


No ads found for this position