मन्त्री सिंहद्वारा राजीनामा

५ साउन, काठमाडौं ।  समाजवादी जनता दलबाट मन्त्री बनेका प्रेमबहादुर सिंहले पदबाट राजीनमा दिएका छन्। वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि खाने पानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी सम्हालेका सिंहले राजीनामादिएका हुन्।prem shing
‘पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेपछि मैले राजीनामा दिएको हुँ,’ सिंहले भने,‘अब नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा हाम्रो जोड हुन्छ।’

मन्त्री सिंहले आजै राजीनामा प्रधानमन्त्रीसमक्ष बुझाएको बताए। व्यवस्थापिका संसदमा समाजवादी जनता पार्टीको एक सिट रहेको छ। माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँग मिलेर गत बुधबार व्यवस्थापिका संसदमा सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो। अविश्वास प्रस्तावमाथि बिहीबारदेखि अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूचि छ।


Facebook Comment


No ads found for this position