यी हुन् माओवादीबाट मन्त्री बन्नेहरु

३१ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्र र जनतामा केन्द्रीत मुद्दाको सम्मान गर्न सक्ने बढीमा २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पार्टीभित्रका नेताहरुले सुझाव दिएका छन् ।

Maoist-Center-Flagप्रचण्डलले आफ्नो नेतृत्वमा गठन हुने भावी सरकारको संरचना र त्यसमा पार्टीको प्रतिनिधित्वका लागि विशेष गृहकार्यको जिम्मेवारी महासचिव कृष्णबहादुर महरालाई दिएका छन् । यसअनुसार महराले पार्टीको नेतृत्वसँग अनौपचारिक परामर्श थालेको जानकारी स्रोतले दिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

महराले गृहकार्यको आधार संविधान कार्यान्वयन, शान्ति सम्झौताअन्तर्गत द्वन्द्वकालीन मुद्दाको निरुपण, सक्षम र प्रभावकारी संक्रमणकालीन न्याय र जनमुखि दृष्टिकोण राखेका छन् ।

प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदाको ९ महिने कार्यकालको समीक्षासमेत गरिरहेको स्रोतले बतायो। पहिलो पटक उनी २०६५ भदौ २ देखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री भएका थिए ।  पूर्वलडाकुका डेपुटी कमान्डर चक्रपाणि खनालले दाहाल नेतृत्वको भावी मन्त्रिपरिषद समानुपातिक र समावेशी हुनुपर्ने बताए ।

माओवादी केन्द्रबाट उपप्रधान एवं अर्थमन्त्रीमा कृष्णबहादुर महरा, स्थानीय विकासमन्त्री जनार्दन शर्माको नाम आएको छ ।  त्यस्तै गिरिराजमणि पोखरेल र हितराज पाण्डे पनि मन्त्रीको सूचीको अग्रभागमा रहेको स्रोतले बतायो ।

यसैगरी कर्णालीबाट महेन्द्रबहादुर शाही, मधेसबाट प्रभु शाह, महिलाबाट रेखा शर्मा नभए सीता नेपाली, थारुबाट गौरीशंकर थारु वा बुद्धिसागर चौधरी, दलितबाट दलजित श्रीपालीको नाम मन्त्री हुने सूचीमा छ ।पोखरेल र शर्मालाई वर्तमान सरकारमा रहँदा प्रभावकारी काम गरेको भन्ने मूल्यांकन माओवादी नेतृत्वले गरेको छ ।


Facebook Comment


No ads found for this position