मनांगमा दक्षिण एसियाकै सबैभन्दा ठुलो स्याउ फार्म

सुमन ढुगांना

कुनै समय थियो जतिबेला हिमालपारीको जिल्ला मनाङ्गमा स्याउ खेति नहुने भन्दै सरकारी निकाए र त्यहाका स्थानिले आश मरेका थिए र थप अनुसन्धान र प्रयास बिचैमा स्तगित गरियो । तर दृश्यमा देखिएको यो बिशाल स्याउ फर्म त्यही मनाङ्ग कै हो ।

मनाङ्गको सदरमुकाम चामे बाट ६ किलोमिटर अगाडी बढेपछि नस्यांग गाउँपालिका वडा नम्बर १ को भ्रतांग पुगिन्छ । जहा एग्रो मनाङ्ग प्रा लि ले संचालन गरेको दक्षिण एसियाकै सबैभन्दा ठुलो स्याउ स्याउ फर्म रहेको छ । ७३५ रोपनी क्षेत्रफ़लमा ६७ हजार स्याउका रुख रहेका छन् ।

पोल्देन चोपांग गुरुङले सन् २०१४ बाट संचालन गर्नु भएको स्याउ फर्ममा जापानिज फुजी, गाला, गोल्डेन र इटालीएन गरि चार प्रकारका स्याउ फल्छन । परम्परागत ढंगले लगाइने स्याउका रुखले रोपेको सात बर्षमा फल दिन्छ भने इटाली बाट ल्याइएका यी बिरुवाले रोपेकै बर्षबाट फल दिन सुरु गरेका हुन् ।

पहिलो बर्ष २० हजार स्याउ फलेकोमा अहिले चार बर्ष पार गरिसक्दा यो बर्ष करीब ५ सय किलो स्याउ उत्पादन हुने संचालक बताउछन । परम्परागत स्याउको रुख ठुलो हुन्छ भने इटाली बाट ल्याइएका यो स्याउलाई हाइ डेनसिटि एप्पल ट्री भनिन्छ । हाल नेपालमा बर्षमा १३ अर्ब को स्याउ आयात हुन्छ । जसको प्रमुख कारण नेपालमा आधुनिक स्याउ फर्म नहुनुनै हो । करीब ३ बर्ष आबस्यक अध्यन गरेर सुरुगरिएको एस्तो फर्म अन्यत्र पनि बनाउन सक्नेहो भने नेपालमा स्याउ आयात हैन नेपाल स्याउ निर्यात गर्न सक्ने मुलुक बन्ने फर्मका संचालक पोल्देन चोपांग गुरुङ बताउछन ।
ए डी बि को हिमाली प्रोजेक्टको साढे २ करोड सहायोग, ग्रेडिंगको लागि अत्याधुनिक मेसिन र कोल्ड स्टोरको लागि ७ करोड अनि फर्ममा ११ करोड गरि अहिले सम्म २० करोड भन्दा बढी लगानी गरिसकेको छ एग्रो मनाङ्ग ले । यहाँ गरिएको लगानी, त्यसले दिएको प्रतिफल र संचिकै कृषिमा गरिएको यो आधुनिकपनले यहाँ पुग्ने जो पनि प्रभावित भएका छन् । मनाङ्ग भ्रमण गर्न पुगेका संसदको विकास समितिका सदस्य अमृत अर्याल भन्छन इच्छाशक्ति भए नेपालमै बिदेशी सैलिमा कृषि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हो यो स्याउ फर्म ।
काठमाडौँको ठमेलमा रहेको चल्तीको होटल बिक्रि गरेर गाउँ फर्केका पोल्देन चोपांग गुरुङ ले सुरु गरेको यो उदाहरनिय प्रयासले अहिले गाउँमै पनि राम्रो र ब्यबस्थित ब्यबसाय गर्न सकिन्छ भन्ने पाठ सिकाएको छ । स्याउ फर्म सहित उनले फार्म हाउस भनेर करिब ५ करोडको लगानीमा होटेल समेत निर्माण गरिसकेका छन् । मनाङ्गको एग्रो मनाङ्ग प्रालिले स्याउ उत्पादनमा त राज्यलाई टेवा पुस्याएको छनै त्यो संगसंगै देशी बिदेशी पर्यटक भुल्ने गतिलो मध्यम पनि बनेको छ मनाङ्गको दक्षिण एसियाकै सबैभन्दा ठुलो स्याउ स्याउ फर्म ।

 


Facebook Comment


No ads found for this position