मध्यपश्चिममा पर्यटनको संभावना प्रचुरमात्रामा छ : ब्यबसायी आचार्य

मध्यपश्चिम नेपालको पर्यटकीय सम्भावना भएर पनी ओझेलमा परेको क्षेत्र हो । मध्यपश्चिमा नेपालको सबैभन्दा ठुलो ताल रारा ताल , गहिरो ताल फोकसुण्डो ताल, हिन्दुहरुको पवित्र तिर्थ स्थल मानसरोबर जाने प्रवेशद्धार हुम्ला लगाएतका विविध पर्यटकीय स्थल भएको क्षेत्र हो । तर पनी यस्को उचित प्रचार प्रसारका साथै राज्यले पनी ध्यान दिन सकेको छैन । विगत १२ वर्ष देखी सुर्खेतको पर्यटन क्षेत्रमा लागेका पर्यटन व्यवसायी तथा लेकाली टुर एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक धर्मराज आचार्यसंग घुमफिरले गरेको कुराकानीdharmaraj-achrya-surkhteमध्यपश्चिम पर्यटन विकास किन सोचे अनुसार हुन सकेन अहिले सम्म ?

पर्यटकिय संभानवा प्रचुरमात्रामा हुदा हुदै पनी यस क्षेत्रको विकास हुन न सक्नुका विविध कारणहरु छन् । सामान्य अर्थमा भन्नुपर्दा होटल क्षेत्रमा लागेका व्यत्तिहरु व्यवसायीहरुले आफ्नोमात्र विकास होस भन्ने चाहने,यातायात क्षेत्रमा लागेहरुका पनी त्यस्तै सोच रहेको र प्राय सबै आफ्नो स्वार्थमा रहेको देखिन्छ, सायद यसैले होला सोचे अनुरुप सुर्खेत लगाएत मध्यपश्मिमा रहेका पर्यटकिय संभावना हुदाहुदै पनी यहाको विकासहुन नसकेको हो ।

यस्का लागी के गर्नु पछी ज्स्तो लाग्छ ?
यहाको व्यापारी व्यवसायीहरुको सोचमा परिर्वतन ल्याउन जरुरीछ । यस्का साथै आफ्नो मात्र नभएर सामुहीक भावना जगाउन जरुरी रहेको छ ।

आफ्नो क्षेत्रमा रहेको पर्यटकिय क्षेत्रको विकासका लागी तपाईहरुले के गर्नु भएको छ त ?
पर्यटनको अथाह संभावना हुदा हुदै पनी अन्तबाट केहि पनी नभएको हुदा हामी केही युवाहरुको संक्रियतामा प्रचार प्रसारको थालनी गरेका छौ । मध्यपश्चिमका प्राय सबै क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको फोटो प्रर्दशी ,पंप्लेट ,डकुमेन्ट्र,नक्शा आदि बनाएर गाँउ गाँउको होटलहरुमा पोस्टर बनाएर टास्ने प्रचास प्रसार गर्ने , यहाँको प्राथमीकताका बस्तुहरुको प्रचारप्रसारमा जुटेका छौ ताकी कम्तीमापनी यहा आउने पर्यटकहरुको ध्यान तान्न सकोस ।

पछिल्लो समय मध्यपश्चिम क्षेत्रको पर्यटनको अवश्था कस्तो पाउनु भएको छ ?
मध्यपश्चिममा पर्यटनको संभावना प्रचुरमात्रामा रहेको छ । संभावना हुदाहुदै पनि यो क्षेत्र पछि पर्नुका प्रमुख कारण यहाँ युनिटीको अभाव छ । पर्यटनक्षेत्रमा लागेका व्यवसायीहरु बीचनै एकताको अभाव देखेको छु भैले । सुधुरपश्चिममा हाम्रो भन्दा कमै पर्यटनक्षेत्र भएपनी उनीहरुमा एकता छ , प्रचार प्रसार गर्ने एकजुट भएर लागेका छन र त्यहाको अवश्था अहिले धेरै राम्रो भएको छ ।
विशेष गरेर भारतीय पर्यटकहरुको सख्या दिनानुदिन बड्दो छ । यही कुरालाई मध्य नगर गरेरका भारतीय धार्मीक पर्यटलाई भित्राउन सकियो भने राम्रो हुन्छ । यस्का लागी सबै एक जुट हुन जरुरी रहकोे छ । हाम्रोमा विश्वकै आर्कषण राराताल छ, दोस्रो लुम्बिनीको नामले चिनिने काँक्रेविहार ,दैलेखको विभिन्न स्थानमा ज्वालाहरु लगाएत विविधता छ । यस्ता धेरै संभावना हुदाहुदै पनी एकता छैन । सवै व्यवसायीले आफ्नो व्यवसाय मात्र हेरे उनीहरुले सोचेनन् कि जिल्लाकै विकास भएमा सम्पूण क्षेत्रकै विकास हुन्छ ,व्यापार व्यवसाय फस्टाउछ भनेर ।
अर्को कुरा यहाँका मानीसहरुले पनी आफ्नै क्षेत्र घुम्न गएका छैनन् । पहिला त आफ्नै क्षेत्रको भ्रमण गर्नु प¥यो नी ,त्यो नी छैन् । पर्यटनक्षेत्रमा लागेकाहरुलाई समेटेर अघि बड्न पनी न सकिएको हो र व्यवसायीहरुले आफ्नो क्षेत्रबाट दिन सक्ने योगदान पनी दिएनन् व्यवसायीले ।
dharmraj-achryaअब के गर्नु पर्ला ,मध्यपश्चिमका पर्यटकिय क्षेत्रलाई पनी अन्य क्षेत्र संगसंगै अघि बडाउन् ?
सर्वप्रथम त मध्यपश्चिम आउने पर्यटकहरुलाई यातायातको सहजताहुन जरुरी छ । केहि समय चलेर पुनःबन्द भएको हवाई सेवालाई सुचारु गरिनु पर्छ । पहिला काठमान्डौ बाट सिधा उडान हुन्थ्यो त्यती बेला चहलपहल पनी बडेको थियो भने सडक यातायातलाई अझ बडी सर्वसुलभ र गुणस्तरीय बनाउन जरुरी छ । यसका साथै विभिन्न प्याकेजहरु बनाएर यहाको प्रचार प्रसार गर्न जरुरी छ भने सरकारले पनी कम्तीमा सरकारी कर्मचारीहरुलाई प्याकेज बनाएर मध्यपश्चिम घुम्ने योजना बनाएमा थप प्रचार प्रसार हुनेथियो ।
यहा आउने आन्तरीक र बाह्य पर्यटकको आवागमनमा बृद्धि हुन्थ्यो । अहिले त पहिलेको भन्दा पर्यटकहरुलाई खाने बस्ने ठाउहरु धेरै राम्रो भएर गएको छ र प्रचार प्रसार गरिनु पर्छ जस्तो लागेको छ । प्राइभेटह कम्पनी तथा होटलहरुले त गरिरहेकै अवश्था छ तर सरकारले पनी केहि गरिदिए राम्रो हुने थियो ।

सुर्खेत विमानस्थललाई पुनः संचालनमा ल्याउन व्यवसायीहरुले किन पहल गरेनन् त ?
हैन, व्यवसायीहरुको तर्फबाट पहलै न भएको त होईन ,केहि पहल त गरेका हौ तर यो विमानस्थलको धावनमार्गको लम्बाई नपुगेको कुरा आईरहेको छ । यसस्कालागी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । सरकारले जग्गाको मुआब्जाको व्यवस्था गरेर धावनमार्गको लम्बाई बडाएर विमानस्थल पुनःसुचारु गर्न तर्फ ध्यान दिनु जरुरी छ ।

तपाईको क्षेत्रमा आउने पर्यटकहरुको गुनासो त यात्रा र खाने बस्ने व्यवस्था राम्रो न भएको र महंगो गएको गुनासो पनी छ नी ?
पक्कै पनी पहिला त्यस्तो थियो होला तर अहिले त्यस्तो छैन । बस्न र खानाकालागी निकै राम्रा राम्रा होटलहरु खुलीसकेको अवश्था छ। अहिले मानसरोबरको प्याकेजमा पनी सहुलीयत छ ,लगभग ४हजार जती पर्यटकहरु मानसरोवरको यात्रामा हुनुहुन्छ ।

केहि गुनासो छ, तपाईहरुको ?
यो क्षेत्रमा रहेका जतीपनी सडकहरु छन तीनीहरुको स्तरवृद्धि हुनपर्छ । मुगुको राराताल जाने बाटो खोलेर मात्र पुग्दैन । यो बाटोको स्तरवृद्धि गरिन जरुरी छ । साघुरो भएको ठाउँमा बढाउने र कालोपत्रे गर्ने तर्फ सरकारले प्राथमीकतामा राखेर समयमा ध्यान दिओस जस्तो लाग्छ । यहाँ आउने पर्यटकहरुको सुरक्षालाई लिएर कुनै निती ल्यावोस भन्ने हो । राम्रो ठाँउमा मानिस आउने वातावणमा सरकारले ध्यान दिएको खण्डमा आम्दानीपनी त सरकारलाई हुन्छ नी , त्यसमा ध्यान दिवोस ।


Facebook Comment


No ads found for this position