बौद्ध शान्ति फाउन्डेसनको अध्यक्षमा रेग्मी

काठमाडौँ, ५ असार । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध दर्शन तथा साहित्यलाई प्रवद्र्धन गर्दै विश्व शान्ति कायम गर्ने उद्देश्यले इन्जिनियर सन्ध्या रेग्मीको अध्यक्षतामा ‘बौद्ध शान्ति फाउन्डेसन’ स्थापना गरिएको छ ।

उक्त फाउन्डेसनको उपाध्यक्षमा अरुण कोइराला, भिक्षु उत्तम र भिक्षु विमल हुनुहुन्छ भने महासचिवमा डा. सञ्जयकुमार श्रेष्ठ रहनुभएको छ । त्यस्तै सचिवमा संजोगदेव र कोषाध्यक्षमा सह–प्राध्यापक सुजातादेव हुनुहुन्छ ।

संस्थाको सदस्यमा सम्पत घिमिरे, वामदेव शर्मा, सरोज लामिछाने र आस्था राज्यलक्ष्मी कार्की हुनुहुन्छ ।

संस्थाका अध्यक्ष रेग्मीले बौद्ध शिक्षा मानव कल्याणका लागि उपयोगी रहेको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा त्यस आसपास क्षेत्रको महत्वका बारेमा विश्वमा सन्देश फैलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


Facebook Comment


No ads found for this position