बिहीबारबाट भैरहवाबाट बुद्धएयर बिहानी उडान सुरू हुने

रुपन्देही-बुद्धएयरले अब देखि नियमित रूपमा  भैरहवा–काठमाडौं निश्चित समयमा उडान गर्ने भएकाे छ । भैरहवा काडमाण्डाै  अब प्रत्येक दिन बिहान ७ बजे भैरहवाबाट काठमाडौं बिहानी उडान गर्ने भएको हाे ।  साउन १७ गते बिहीबारबाट उडान सुरु हुने बुद्ध एयरले जनाएकाे छ । हाल साझ उडान गरीरहेकाेमा अब  बिहीबारदेखि बिहान उडान गर्न लागेकाे हाे । रूपनदेही  प्रदेश नम्बर ५ को राजधानी लगाएत, बुद्ध जन्मस्थल लुम्बिनीमा दिन प्रतिदिन उडान गर्ने अान्तरीक तथा बाह्य पर्यटककाे चाप बढ्दै गइरहेकाल पनी बिहानै ७ बजे उडान सुरु गर्न लागेकाे हाे ।  प्रत्येक दिन काठमाडौंबाट बेलुका आउने अन्तिम उडानको विमान गौतमबुद्ध विमानस्थलमै रहने र सोही विमानले अर्को दिन बिहानको उडान भर्ने  बुद्ध एयरका वरिष्ठ प्रबन्धक तथा भैरहवा स्टेसनका प्रमुख दर्शन घिमिरेले बताए ।
पहिलो दिनको बिहानीको भैरहवा–काठमाडौं उडानका लागि बुद्धएयरले २ हजार ७ सय रुपैयाँ हवाई भाडादर कायम गरेको छ । यात्रुहरूको लागि पहिलो उडानमा यो हवाईभाडा दर कायम गरीएको घिमिरेले बताए ।
बिहानै उडान सुरुले यात्रुहरूलाई थप सजिलो हुने र काठमाडौँमा त्यही दिन काम सम्पन्न गरेर बेलुका फर्कनसमेत सकिने छ ।
योसहित अब भैरहवा–काठमाडौँ सेक्टरमा बुद्धएयरको नियमित ४ उडान पुग्नेछ । भैरहवाबाट पहिलो उडान बिहान ७ बजे, दोस्रो ९.३५ बजे, तेस्रो दिउँसो २.४५ बजे तथा अन्तिम उडान बेलुका ५.१५ मा हुनेछ । त्यस्तै काठमाडौँबाट पहिलो उडान बिहान ८.३० बजे, दोस्रो १.४० बजे, तेस्रो ४.१० बजे तथा अन्तिम उडान बेलुका ६.१० बजे हुनेछ । काठमाडौंबाट आउने अन्तिम उडानको जहाजले अर्को दिन बिहानै ७ बजे उडान भर्नेछ ।
सबै उडानहरू एटिआर ७२ विमानले गर्नेछ । त्यस्तै भैरहवा–पोखरा सेक्टरमा समेत नियमित दैनिक उडान भैरहेको बुद्धएयरले जनाएको छ ।


Facebook Comment


No ads found for this position