बाह्रबिसे–तातोपानी सडक साताभित्रै खुल्ने

चौतारा, ६ साउन । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा दुई साताअघि आएको बाढीले क्षतविक्षत बाह्रबिसेदेखि तातोपानीसम्मको सडक केही दिनभित्रै खुलाइने भएको छ । सम्पूर्ण मानव शक्ति र यान्त्रिक औजार प्रयोग गरी द्रुत गतिमा काम भइरहेको हुँदा अबको तीन चार दिनभित्रै मितेरी पुलको लिपिङसम्मको सडक खुलाइने सडक कार्यालय मध्यमाञ्चल क्षत्रीय निर्देशक अयोधिप्रसाद श्रेष्ठले बताउनुभयो ।
sindhupalchok (6)बाह्रबिसे–तातोपानी(२६ किमी) सडकखण्डको निरीक्षण गरी फर्कनुभएका निर्देशक श्रेष्ठका अनुसार बाह्रबिसेदेखि माथि विभिन्न ठाउँमा गएको पहिरो लगायत अवरोध हटाई आज मार्मिङ गाविसको चाकु बजारसम्म सडक सञ्चालन भएको छ । हालसम्म १३ किमि सडक खुलाइसकिएको छ ।
नदीले कटान गरेको बाह्रबिसे बजारभन्दा केही पर रहेको सडक अन्तैबाट खुलाइसकेको र गाती गाविस, जम्बुमा कटान गरिएको सडक समेत खुलाइसकेको सडक डिभिजन कार्यालय चरीकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले जानकारी दिनुभयो ।

सो क्षेत्रमा अहिले वर्षा भइरहेकाले काम गर्न गाह्रो भए पनि प्रविधिक सहितको टोली परिचालन गरी दैनिक चार यन्त्र प्रयोग भइरहेको छ ।


Facebook Comment


No ads found for this position