बाघभैरव जात्रा सम्पन्न

bag bhariab jatraकाठमाडौँ, १ भदौ । कीर्तिपुरको लोकप्रिय ‘बाघभैरव जात्रा’ आज राति सम्पन्न भयो । प्रत्येक वर्ष भदौ १ गते हुने उक्त जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरिएको थियो । साँझ बाघभैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । यो जात्रा विसं २०१३ देखि निकाल्न थालिएको हो ।

मन्दिरमा आज पञ्चवलीसमेत दिई होम गरिएको थियो । बाघभैरवको जात्रामा सहभागी हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट भक्तजनको घुइँचो लागेको थियो । आजको दिन उक्त जात्रामा सहभागी भएमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको स्थानीयवासी वीरेन शाक्यले जानकारी दिनुभयो ।
पूजा समापन भएपछि स्थानीयवासी तथा टोलटोलमा प्रसाद वितरणसमेत गरिएको थियो । भोलि बिहानसम्म विशेष पूजा गरी मन्दिरमा बाघ भैरवको मूर्ति प्रतिस्थापन गरिने बताइएको छ ।


Facebook Comment


No ads found for this position