बाँकेको कोहलपुरमा सञ्चालित ‘होटल सेन्ट्रल प्लाजा’ लाई पाँच तारे होटलको मान्यता

नेपालगञ्ज । बाँकेको कोहलपुरमा सञ्चालित ‘होटल सेन्ट्रल प्लाजा’ लाई पाँच तारे होटलको मान्यता पाएको छ । कोहलपुर नगरपालीका वडा नंम्वर ४ महेन्द्रनगर रोडमा होटल सेन्टर प्लाजा एक बर्ष अघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट मंगलबार पाँचतारे स्तरको प्रमाणपत्र पाएको हो ।
विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको होटलका प्रबन्ध निर्देशक देवानन्द्र अर्यालले जानकारी बताए । उनले भने होटल सेन्टर प्लाजा ६० करोड लागतमा निमार्ण गरीएको छ भने १६ रोपनी क्षेत्रफल ओगटेको बताए । अब बाँके जिल्लामा पाँचतारे होटल सोल्टी वेस्टेण्ड प्रिमियर र होटल सेन्ट्रल प्लाजा भएका छन् ।

प्रबन्ध निर्देशक देवानन्द्र अर्याल

होटलमा ३२ स्क्वयार फिटको स्वीमिङ्ग पुल, दुईवटा बार, तिन वटा सेमीनार हल रहेको छन् । तिन वटा सेमीनार हलहरु मध्ये ५० जना, १ सय जना र ६०० जनाको क्षमता रहेका छन। होटलमा ८० वटा रुम क्षमता रहेको छ । होटलमा स्पा, जिम, सपीङ्ग कम्पलेक्स, बेकरी लगायत रहेका छन् । नेपालमै पहिलो अक्टागन शैलीमा निमार्ण गरीएर होटल निमार्ण गरीएको दावी गर्दछन प्रबन्ध निर्देशक देव अर्याल । उनी भन्छन् होटल ए, बि र सी गरी तिनवटा ब्लगमा भवनहरु रहेका छन ।
होटलमा ५ वटा प्रेसिडेन्सीइल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम रहेको छ ।
अर्यालले कोहलपुरमै विगत पाँच वर्षदेखि सेन्ट्रल प्लाजा होटल चलाउँदै आएका छन् भने बाघ हेर्नका लागी प्रख्यात बर्दिया राष्टियन निकुन्ज नजीकै सेन्टर प्लाजा जंगल रिर्सोट निमार्णधिन रहेको छ ।

 


Facebook Comment


No ads found for this position