बलिउड स्टार ऐश्वर्या र अभिषेकको छोरी आराध्यको विषयलाई लिएर झगडा

एजेन्सी : बलिउडका स्टार जोडी ऐश्वर्या राय र अभिषेक बच्चन बीच फेरि झगडा परेको खबर बाहिर आएको छ । छोरी आराध्यको विषयलाई लिएर उनीहरुको झगडा भएको बताइएको छ ।

छोरीलाई बाल कलाकारको रुपमा फिल्ममा डेब्यु गराउने अभिषेकको चहाना रहेको छ । अहिलेदेखि नै अभिनयमा लगाउन पाए छोरी भविष्यमा ठूलो स्टार बन्ने अभिषेकको मत रहेको छ । छोरीलाई हिरोइन बनाउँने अभिषेकको चहानामा ऐश्वर्या सहमत छैनन् । ऐश्वर्या आफ्नी छोरीलाई फिल्म दुनियाँबाट टाढै राख्न चहान्छिन् । उनी छारीलाई कलिलो उमेरदेखि नै लाइट र क्यामेराको प्रेसरमा राख्न चहान्न् ।

अभिषेकले ऐश्वर्याको यो कुरा मान्न तयार नभएपछि ऐश्वर्या आक्रोशित भइन । दुई बीच यो बिषयमा झगडा भयो । उनीहरुकी छोरी आराध्य भर्खर ६ वर्षकी भइन् । अभिषेक र ऐश्वर्याको विवाह सन २००७ मा भएको थियो । पछिल्लो समय ‘ए दिल है मुस्किल’ मा बोल्ड सिन दिएको विषयमा दुईको झगडा भएको थियो ।

केही समय पहिले मात्रै सामाजिक सञ्चालमा पोष्ट गरेको विषयवस्तुलाई लिएर यो जोडीको झगडा परेमो थियो । छोरीको भविष्यसँग जोडिएकाले अहिलेको झगडालाई ठूलो मानिएको छ ।


Facebook Comment


No ads found for this position