बर्दिया र शुक्लाफाँटामा गँैडा स्थानान्तरण गरिँदै

रत्ननगर(चितवन), ३ माघ । चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिनेबित्तिकै गैँंडा स्थानान्तरणको प्रक्रिया सुरु गरिने बताउनुभयो ।

अघिल्लो वर्ष चितवन निकुञ्जबाट पाँचवटा गैँंडा बर्दिया पठाइएको थियो । दुईवटा बच्चासमेत जन्मिएको र राम्रो देखिएकाले यो वर्ष अर्काे महिनातिर गँैंडा बर्दिया र शुक्लाफाँटामा पठाउने उहाँको भनाइ छ ।

तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैँंडा स्थानान्तरण गरिने २०७१ सालको सरकारको निर्णय रहेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

यो वर्ष कम्तीमा १० वटा पु¥याउने लक्ष्य रहेको वन्यजन्तु विभागले जनाएको छ । अघिल्लो वर्ष फागुन तेस्रो साता यहाँबाट पाँच गैँंडा बर्दियामा स्थानान्तरण गरिएको थियो ।

यसअघि पटकपटक गरेर निकुञ्जमा ८३ वटा गैँंडा पठाइएको भए पनि अधिकांश चोरी सिकारबाट मारिएका थिए ।

नेपालमा रहेका ६४५ गँैंडामध्ये चितवनमा मात्रै ६०० छ भने बर्दियामा ३४ वटा, शुक्लफाँटामा आठवटा र पर्सा तीनवटा गैँंडा छन् ।

यस्तै चीनमा लैजान लागिएको गैंँडाको विषयमा समेत दुई देशका अधिकारीबीच छलफल भएको महानिर्देशक खड्काले बताउनुभयो ।

‘उपमन्त्रीसहितको पाँचजनाको टोली आएर वातावरण हेरेर जानुभयो, चाइनामा उपयुक्त छ कि छैन, बाँच्छकी बाँच्दैन भनेर अवलोकन गरेर गइसकेको र निकट भविष्यमै नेपाली टोली जाँदै छ’ खड्काले भन्नुभयो ।

नेपाली टोलीको अध्ययन प्रतिबेदनअनुसार दुई जोडी गैँंडा पठाइने खड्काले बताउनुभयो । माघ र फागुन महिनामा गँैंडा स्थानान्तरणको उपयुक्त समयमा मानिन्छ ।


Facebook Comment


No ads found for this position