बन्द हडताल भएन भने पर्यटन व्यवसाय राम्रो हुन्छ :ब्यबसायी भट्टराई

२०३० सालमा कास्की जिल्लामा जन्मीएका युवा होटल व्यवसायी नरेश भटराईले हालसालै अन्तराष्ट्रिय स्तरको सम्मान पाएर नेपालको पर्यटकिय नगरी पोखरामा रहेको होटल व्यवसायले पनी अन्तराष्ट्रिय स्तरको सेवा सुविधा प्रदान गर्न सक्छ भन्नेकुरा प्रमाणीत गरेकाछन् ।आप्mनै बुबाले थालेको होटल व्यवसायलाई जिवन संगिनीले समेत निरन्तरता दीन आग्रह गरेपछि होटल व्यवसायमै लागेर आफु सफल व्यवसायी बन्न सफल भएको भटराईको भनाई रहेको छ । गरे के असंभव छ र भन्ने गतीलो उदाहरण बनेका सफल होटल व्यवसायी भट्टराई संघ घुमफिरले गरेको कुराकानी

naresh-bhattaraai-pokharaहोटल व्यवसायमा कसरी लाग्नु भयो ?
पोखराको लेकसाईडमा पहिला नै मेरो बुबाको होटल थियो ।सानो गेष्टहाउस थियो ।बुबा बाटै सुरु गरिएको थियो । यो पहिला दर्ता गर्ने चलन थिएन ।व्यत्तीको नामराखेर चलाउने गरीन्थ्यो ।सुरुमा हाम्रोमा १२ वोटा रुम थियो ।अहिले जुन मेरो माउण्ट कैलाश रिर्सोट छ नि यही नै हामो गेष्टरुम थियो ।बुबाकै देखासिखी गरेर थालनी गरेका हौ । पहिलोको जमानामा अहिलेको जस्तो डल्लप थिएन ।ड्रममा पानी तताएर राख्ने चलन थियो र परालको डल्लप बनाएर ओछयाउने चलन थियो। यस्ता कुरा बुबाले गरेको देख्दै सिक्दै त्यतै तीर लागीदै आइयो ।

त्यतीखेर विदेश बाट दुईतल्ले बसहरु आउथे र हामी संग ठुलो कम्पाउण्ड भएकाले ऊ बेला आएका टुरिस्टहरुलाई टेन्टहालेर बास बसाउने चलन थियो ।यसरी बुबाले गर्नुभएको विजनेशलाई निरन्र्तता दिदै यो क्षेत्रमा लागीयो र समय अनुसार परिमार्जित गर्दै पनी लगीयो ।नेपालको पर्यटन अब राम्रोहुन्छ जस्तो लागेर २००९ देखि होटललाई आधुनीकीकरण दर्गै लगेको हु ।यो होटल बनाउन मलाई तीन वर्ष लाग्यो ।

तपाइले सुरुगर्दा होटलमा कती कोठाहरु थिए त ?
मैले सुरुमा सुरु गर्दा त देशमा दद्धकाल थियो , सुरु गर्न पनी त्यती सजिलो थिएन ।सुरुमा चौबिस कोठाबाट यो होटल सुरु गरेको हो ।एउटा हल बाट सुरु गरे ,र गर्दै जादा गरे त हुदो रैछ ,जस्तो लाग्दै गयो विभिन्न किसीमका अनुभवहरु पनी हुदै गयो र मेरो मिसेसले पनी नेपालमै बसेर केहि गर्नुपर्छ विदेश जानुहुन्न भनेर सर्पोट गर्नु भयो र यो संचालनमा आएको एक वर्षमै मैले होटललाई सत्ताईस रुमको बनाए र अर्को एउटा हल पनी थपे प्लस सुमिङपुल पनी थपे । यसरी अनुभव हुदै जादा अन्य कुरामा ध्यान दिदै गईयो र नेपालमा बन्द हडताल भएन भने त पर्यटन व्यवसाय पनी राम्रै हुदोरहेछ र टुर्रिजमको राम्रो स्कुप छ भन्ने अनुभव पनी भयो ।यसरी नै मेरो विजनेशको सुरुवात भएको हो ।

nareshयो पर्यटन क्षेत्रलाई विकास गर्दै लैजानु भन्ने र गर्ने कुरामा कतीको भिन्नता पाउनु भयो ?
यस्तो छ , विशेष गरि पर्यटन क्षेत्रमा चुनौतीहरु त धेरै छन् ।सरकारको वा भनौ राज्यबाट त्यस्तो कुनै खास केही भएको छैन ।पर्यटनका लागी निजी स्तरबाट जे जती कुराहरु भएका छन त्यती मात्रै भएका छन् । सरकारका तर्फबाट जती हुनुपर्ने थियो हुन सकेको छैन । भनौन जुन यो माउण्ट कैलाश बनेको छ नी, यो पनी राज्यको, पोखराको गहना हो ।यसमा ८५ जनाले रोजगारको अवसर पाएका छन् ।यो व्यवसायमा लागेर पनी मैने नेपाली दाजुभाईलाई रोजगार दिएको छु ।

विदेशीनु परेन उनीहरुले स्वदेशमै रोजगार पाए ।मेन कुरा त विदेशबाट नेपाल गुम्न आउनु भनेको निकै महंगो छ । नेपालको टिकटिङ ज्यादै महंगो छ ।पर्यटन क्षेत्रमा नेपालसरकारको सहभागीता निकै कम छ । जती सहभागीता हुनुपर्ने हो त्यती छैन ।नेपालमा विदेशी आम्दानीको श्रोत भनेको हाईड्रो र पर्यटन नै हुन । नेपालमा पर्यटन भित्रयाउने माध्यमहरु नीकै कम छ त्यतीले पुग्दैन । भन्न खोजेको विदेशबाट आउने पर्यटकहरुलाई ल्याउने विमान कम्पनीहरु छैनन् भन्दानी हुन्छ ।

भएका जहाजहरुले पुग्दैन जहाजहरु थप्नै पर्छ ।अब यसमा राज्यले जती सक्दो चाडो सोचेर विमानहरु थप्नु पर्छ र आन्तरीक पुर्वाधारहरुको निमार्ण गर्न जरुरी छ विशेष गरेर बाटो निमार्णमा ध्यान दिनु जरुरी छ । र अर्को कुरा भन्नु पर्दा नेपालमा पर्यटन विकाष चाहने हो भने बन्द हडताल सदाको लागी बन्दै गर्नुपछ । यसले पर्यटकहरुमाथी नकारात्मक असर पार्दै आएको छ ।यस्ता कुरामा बेलैमा ध्यान दिएको खण्डमा पोखरा मात्र हैन समग्र नेपालको डाडाँकाडाँ पाकृतीक भु–बनोट हिमाल पर्यटनको लागी निकै राम्रो छ ।पर्यटन व्यवसायीलाई मेन चुनौती भनेको आन्तरीक चुनौती बन्द हडताल नै हो ।

नेपालमा अहिलेको अवश्थामा आन्तरीक पर्यटकको चाप कस्तो पाउनु भएको छ ?
साच्ची भन्नु पर्दा पछिल्लो समयमा आन्तरीक पर्यटकरुमा पनी पहिला आफनो देश नै घुम्नपर्छ भन्ने सोचको विकास भएको छ ।विगतको तुलनामा आन्तरीक पर्यटकहरुको चाप बड्दै गएको छ ।हामी व्यवसायीहरुलाई विदेशी नै चाहिन्छ भन्ने छैन ।यो पोखराको लेकसाईडको मात्र कुरागर्ने हो भने विगत चार पाचवर्षको अवश्थालाई मात्र हेर्नेहो भने आन्तरीक पर्यटकहरुले पनी लेकसाइडलाइ धान्न सक्ने अवश्थामा पुगेको छ ।आन्तरिक पर्यटकहरुको सख्या बड्न थालेको छ ।
naresh-baतर नेपाल सरकारका केही त्यस्ता निकायहरुले हरियो नम्बर प्लेट चडनेलाई मात्र पर्यटकको दर्जा दिएको छ नी ?
यो त तपाईको राज्यले बुझेकै छैन ।यो देशमा तपाईको पाचँ पाचँ, छ ,छ महिनामा सरकार परिर्वतन भैरहन्छ ,त्यस अनुरुपमा विभिन्न नितीहरु परिर्वतन भैरहन्छन यसले पर्यटनक्षेत्रमा ठुलो असर पार्छ ।अब भन्नु पर्दा पहिने स्थानीय चुनाव हुनु पर्छ र स्थानीय सरकारको गठन अतीआवश्यक र्भैसकेको छ ।यदी नेपालको सम्रग विकास गर्ने हो भने । र अर्कोकुरा नेपालमा अब स्थायी सरकारको आवश्यकता छ ।छिटो छिटो सरकार परिर्वन हुदा आजँ आएको मन्त्रिले एक थोक भन्छ भोली आएको मन्त्रीले आर्को थोक भन्छ । सबैले आफुखुरी बिभिन्न नितीहरु बनाउछन यसले पर्यटन व्यवसायी मारमा पर्दै गएकाछन् ।

सम्बन्धीत क्षेत्रमा विशेषज्ञता हासील गरेका व्यवत्तीहरु न आउँदा यस्तो समस्या देखीएको हो ।यसमा हामी व्यवसायीहरुबाट त्यस्तो कुनै पनी खालको विभेध पाउनु हुन्न् । भोली तपाई पोखरा आउदा हाम्रो तर्फबाट सर्विसमा कुनै भिन्नता पाउनु हुन्न ,तपाई आएपनी हाम्रोलागी त आन्तरीक पर्यटकमा त वृद्धि त भयो नी ? यो कुरा सरकारले नबुझेको हो ।तपाई आउदा हरीयो प्लेट भएको गाडी चडन पाउने कि नपाउने ?हामीले राम्रो सुविधा दिएका छौ ,राम्रो खाना खुवाएका छौ, यो कुरा राज्यले बुझन सकेको छैन् ।विदेशीलाई मात्र पर्यटकमान्ने र विमान स्थलबाट आएको पर्यटकमात्र पर्यटक भन्ने ,यो जुन सरकारको नीती छ ,यो एकदम गलत छ ।

वर्षै देखी पर्यटनय व्यवसायमा लागेकाहरुले सरकारलाई कस्तो किसीमको सर सल्लाह दिन रुचाउछन?
नेपाल आएका बाहीरी पर्यटक हुन् वा आन्तरीक पर्र्यटक, यदी कुनै ठाउमा घुम्न जान चाहन्छन भने उनीहरु सबै पर्यटकहुन उनीहरुलाई पनी पर्यटकहरु समानको व्यवहार गरिनु पर्छ ।

विदेशीहरुमात्र पर्यटकहुन भन्ने सोच अब बद्लीनु जरुरी छ ।आन्तरीक पर्यटकहरुले त कुरा बुझलान, तर बाहिर देशबाट आएका पर्यटकहरुले बुझने गरि विभिन्न स्थानमा सुचनादिनेखालका चिन्हहरु विभिन्न स्थानको जानकारीहरु, मौषम ,हावापानी ,भौगोलीक बनावट जस्ता कुरा र पर्यटकहरुको लागी शान्ति सुरक्षा जस्तो कुराको व्यवस्था गर्नु सरकारको दाइत्व हो ।

साथ साथै पुर्वाधारको निमाण पनी सरकारले गर्नुपर्छ जस्तै कती ठाउमा बाटो छैन, पुल छैन् । होटल खाने व्यवस्था यातायात जस्ता कार्यहरु त व्यसायीहरुले गर्लान तर सरकारको उपस्थीती देखाउने कार्य त सरकारले गरोस भन्न चाहन्छु ।घुम्न आउने पर्यटकहरुको गुनासो पनी त्यस्तै छ । नेपालसरकारले पैसाचाहि लीने तर सरकारले दिनुपर्ने सेवासुविधा केही छैन ।यसमा ध्यान दिनुप¥यो ।
नेपाली पर्यटकहरुको अवस्था कस्तो पाउनु भएको छ अहिले ?
रामो कुरा उठाउनु भयो । नेपालीहरुमा पछिल्लो समय घुम्नुपर्छ भन्ने सोचको विकास भएको छ । अघि पनी मैले भनीसके नयाँपुस्ताहरु पोखरामा मात्र होईन अन्नपुर्ण क्षेत्र ,जोमसोङ, पुलीन, धम्पुसमा नेपाली लगाएत पर्यटकहरुले खचाखच छ ।

नेपालीहरुमा पनी घुम्ने हाईकिङ गर्ने मनस्थीतीमा आइसकेको छ ।यो अवस्था हेर्दा अब सरकारले दिन सक्ने सेवासुविधाहरुमा राज्यले समयमै ध्यान दिनुपर्छ जस्तो लाग्छ ।यस्तो कुरामा ध्यान दिएको खण्डमा नेपालमा पर्यटनको एकदम रामो स्कोप छ ।

माउन्ट कैलाश रिर्सोट
माउन्ट कैलाश रिर्सोट

दुइवर्ष पहिलेको पर्यटनको अवस्था र अहिलेको अवस्था कस्तो पाउनु भएको छ ?
नेपालमा गएको महाभुकम्प र त्यसपछिको नाकाबन्दीले सबैभन्दा थलीएको क्षेत्र भनेकै नेपालको पर्यटन क्षेत्र थियो । तर अहिले आएर विभिन्न संचारमाध्यको सुझबुझ र तीनले खेलेको भुमीका सराहनीय छ ।पहिला पहिला यो सीजनमा रुम नपाउने ,मानीसहरु खचाखच हुने अवस्था थियो त्यस्तै त भैसकेको र्छैन तर तुलनात्क रुपमा कुरागर्ने हो भने पर्यटकहरु आउने सख्या यो वर्ष विस्तारै बड्दै छ ।अर्को खुसीको कुरा के छ भने विभीन्न संचारमाध्यमा आएको छ कि घुम्नुपर्ने देशहरुमा नेपाल पर्दै आएको छ । यसले पोजीटिब सन्देश देला र अबका वर्षहरुमा पर्यटकको सख्यामा वृद्धि आउला ।

अन्तमा केहि भन्नु छ?
यहि हो म आन्तरीक र विदेशी पर्यटकहरुलाई के भन्न चाहन्छु भने, पोखरा नेपालको वान अफ द बेस्ट सिटी हो । घुम्न लाई विभिन्न हिमालहरुको दृश्य अवलोकन गर्न हाईकिङ गर्न ,त्यस्तै विभिन्न किसीमका खानाको स्वादको लागी पनी पोखरा वेस्ट छ ।कम समयमा नै पोखरामा धेरै थोकको अनुभव पाउन सकिन्छ । म त के भन्छु भने नी, सम्भव भए सम्म नेपालको सबै ठाउ घुम्नुपर्छ त्यसमा पनी पोखरा घुम्न चाहि छुटाउनु हुदैन ।आउनुस घुम्नुस विभिन्न अनुभवहरु गर्नुस भन्न चाहन्छु ।


Facebook Comment


No ads found for this position