बजारमा नक्कली नोटको बिगबिगी, यसरी चिन्न सकिन्छ नक्कली नोट

१२ वैशाख, काठमाडौं । बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ । गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१ वटा नक्कली नोट संकलन भइसकेका छन् । त्यसमा रु. ५ सय र १ हजारका नोट छन् । आखिर सक्कली र नक्कली नोट कसरी चिन्ने ?

सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।

नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुँरासको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन ।

देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायाँतर्फ रहेको सेतो भागको बायाँतर्फको रंगीन आधा अक्षर (अंग्रेजीमा लेखिएको एनआरबी) लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवज कम हुन्छ ।


Facebook Comment


No ads found for this position