प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

३ साउन, काठमाडौं । सत्ता समीकरणको विषयले पछिल्लो समय आपसी तिक्तता बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

dewa oli and parchandaप्रधानमन्त्री निवास बालुवाटरमा अहिले प्रधानमन्त्री ओली, कांग्रेस सभापित शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । सहमतीय सरकार निर्माण र नयाँ सरकार बनाउनेबारे संविधानमा रहेको अस्पष्टतामाथि केन्द्रित रहेर छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले आजै आफूले एक सार्वजनिक कार्यक्रममा आफूले संसद विघटन नगर्ने बताएको प्रसङ्ग उठान गर्दै नयाँ राजीतिक परिस्थितिका आफू बाधक नभएको तर प्रक्रियासंगत रुपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको जानकारी देउवा र प्रचण्डलाई दिएका छन् । प्रधानमन्त्री ओलीले छलफलमा देउवा र प्रचण्डसँग आफूविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएकोमा तितो पोख्दै त्यसको सामना गर्न तयार रहेको वताएको बालुवाटार स्रोतको भनाइ छ ।


Facebook Comment


No ads found for this position