पोखरा–दिल्ली बस सेवा शुभारम्भ

पोखरा, २७ असार । मोर्डन इरा टुर्स एन्ड ट्राभल्सmले सञ्चालनमा ल्याएको पोखरा दिल्ली मैत्री बस सेवा आजदेखि औपचारिकरुपमा शुभारम्भ भएको छ । बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले आज संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।
Pokhara_160711_bus 1मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्तरुपमा बस सेवा सञ्चालन गर्ने भएपछि आज उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रमममा मन्त्री बस्नेतले पोखरा र नयाँ दिल्लीबीच बस सेवा सञ्चालन हुनु पोखराको पर्यटकीय विकासका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व मन्त्री सत्या पहाडीले यातायात सेवा सञ्चालनले दुई देशका नागरिकबीच नयाँ सम्बन्ध एवम् सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत रायले पोखरासँग यातायात सेवा जोडिएसँगै यहाँ आउने पर्यटकहरू अन्नपूर्ण मुक्तिनाथ जस्ता विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न जान सक्ने उल्लेख गर्नुभयो ।

ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले यातायात सेवा सञ्चालनसँगै शिक्षा स्वास्थ्य लगायत विभिन्न प्रयोजनमा आवत जावत गर्ने सर्वसाधारण लाभान्वित हुने बताउनुभयो ।


Facebook Comment


No ads found for this position