पोखरामै पहिलो पटक नयाँ प्रविधिको साउण्ड सिष्टम प्रयोग गरेर औरा बार सञ्चालनमा

नयाँ वर्ष सगँ पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने भएको छ । अत्याधुनीक प्रविधि सहित औरा बार एण्ड लाउन्ज बैशाख दोस्रो साता सञ्चालनमा आउन लागेको हो ।
विभिन्न अन्तराष्टिय अर्वाडबाट सम्मानीत भएको माउन्ट कैलाश रिर्सोट सगै नयाँ भवनमा बार सञ्चालनमा आउन लागेको हो । ‘बैशाख १३ गतेबाट सफ्ट् ओपनीङ हुन्छ,’ लाउन्जका सञ्चालक नरेश भट्टराईले भने –‘ग्रान्ड ओपनीङ बैशाखको अन्तिम शुक्रबार हुने छ ।’ स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्ष्त गरि बार सञ्चालनमा ल्याउन लागेको उनले बताए ।
‘हामी नयाँ प्रविधिको साउण्ड सिष्टमलाई प्रयोग गरेर लाउन्ज सञ्चालमा ल्याउन लागेको छौ,’ उनले भने ‘जुन सुकै टेबलमा बसेर पनि एउटै साउण्ड क्वालीटी सुन्न सकिने छ ।’ उनले यस्तो प्रविधिको साउण्ड सिस्टमा काठमाडौ पछि पहिलो पटक पोखरामा प्रयोग भएको बताए ।
१० करोड भन्दा बढिको लगानी रहेको लाउन्ज पोखराको पहिलो पुर्णमा रुपमा साउण्ड प्रुफ बार हो । १ सय जना सिट क्षेमताको लाउन्जमा हरेक दिन लाइभ ब्राण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती हुनेछ । विभिन्न समयमा विदेशी कलाकार र डिजेलको समेत प्रस्तुती हने भट्टराईले बताए ।


Facebook Comment


No ads found for this position