पोखरामा प्याराग्लाइडिङ दुर्घटना एक, जनाको मृत्यु ।

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा सोमबार एक जनाको मृत्यु भएको छ। पोखरा लेखनाथ महानगरपालिका ३३ का प्रभात सुवेदीको प्याराग्लाइडिङ दुर्घटनामा परी फेवातालमा डुबेर मृत्यु भएको हो। ब्लूस्काई प्याराग्लाइडिङबाट स्लो पाइलट रहेका २७ वर्षिय सुवेदीको प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुँदा दुर्घटनामा परेका थिए।

सराङकोटबाट उडान गरेर फेवाताल किनारामा आउँदै गर्दा सेफ्टी कोष गर्दा गर्दा प्याराग्लाइडिङमा जेलिएर तालमा खसेका थिए। तत्काल उद्धार

गरे सुवेदीलाई पोखराको मेट्रो सिटी अस्पतालमा लगे पनि अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको छ। केही महिना पहिले पनि प्याराग्लाइडिङ सिक्ने क्रममा एक जनाको ज्यान गएको थियो ।


Facebook Comment


No ads found for this position