पूर्व युवराज पारस खप्तडमा

डोटी, ५ असार । पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुग्नुभएको छ । करिब १० दिन खप्तडमा बस्ने गरी आउनुभएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिँग्राना हुँदै खप्तड पुग्नुभएको हो ।

स्व राजा वीरेन्द्रले खप्तड जाँदा बस्नका लागि झिँग्रानामा बनाएको भिआइपी पाहुनागृहमा उहाँ बस्नुभएको बताइएको छ । उहाँका साथमा शितास्मा राज्यलक्ष्मी शाह, मित्र प्रवनजङ्ग सिंहलगायतका व्यक्ति पनि खप्तड पुगेका छन् ।


Facebook Comment


No ads found for this position