साहासिक महिला सेना भएको रहस्यको देश :काजकिस्तान

काजकिस्तान विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र हो । यहाँको क्षेत्रफल २७,२४,९०० वर्ग किलामिटर रहेको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।


काजकिस्तान शब्दको अर्थ रहस्यको देश भन्ने हुन्छ । अर्थ अनुसार साच्चै यो देशमा पनि रहस्यात्मक कुराहरु लुकेका छन् । यहाँ एक किलोमिटर क्षेत्रफलमा ६ जना मानिसहरु बस्ने गर्दछन् ।

यहाँका मानिसहरु एकथरी रसियन र अर्को मङगोल प्रजातिका राजा चेकङगिज खानका भङगधर प्रजातिका रहेका छन् । यहाँ बसोबास गर्ने मानिसहरुले दुई छुट्टा छुट्टै भाषा बोल्ने गर्दछन् । एउटा भाषा जो रसियन र अरेबिक लिएर बनेको छ र अर्को पुरै रसियन रहेको छ ।

१९१७ भन्दा पहिले यो रसियाको एक भागका रुपमा रहेको थियो तर १९१७ पछि काजकिस्तानले सोभियत संघको एक देशको रुपमा मान्यता पायो । १९३० देखि १९४० को बीचमा काजकिस्तान र सोभियत संघका अन्य देशहरुमा स्टेलीनद्धारा धेरै मानिसहरु मारिए । यसले सोभियत संघ लगायत अन्य देशहरुमा नराम्रो असर पुर्यायो र यो नै पछि सोभियत संघ टुट्नुको एउटा महत्वपूर्ण कारण बन्यो ।

यि दुई देश सधैं एक अर्काको साथ दिइरहेका हुन्छन् । जतिसुकै अप्ठ्यारो परे पनि यि दुई देशहरु साथमा समस्याको समाधानमा लाग्ने गर्दछन् । युरोप र अमेरिकाका अन्य देशहरु रसियासँग कुनै पनि कुरा भन्नका लागि काजकिस्तानको सहारा लिने गर्दछन् ।

काजकिस्तान स्याटलाईट लन्च स्टेशन विश्वमा सबैभन्दा पुरानो र ‘एड्भान्स’ पनि मानिन्छ । यो सोभियत संघ र रसियाको सधैं मुख्य स्पेश स्टेशनका रुपमा रहेको छ ।

दोस्रो विश्वयुद्ध पछि सोभियत संघले यहाँ ५ सय भन्दा बढी परमाणु बमको परीक्षण गरेको थियो । जुन हिरोसिमा र नागासाकीमा खसाइएको बम भन्दा २० देखि ३० हजार गुणा ठूलो रहेको थियो ।यो देश एसिया र युरोप दुवै महादेशमा पर्ने गर्दछ ।

त्यसैले यो देशलाई युरेसिया देश पनि भनिन्छ । यहाँका ७० प्रतिशत मानिसहरु मुस्लिम रहेका छन् भने बाँकी ईसाई धर्म मान्ने गर्दछन् । यो एकमात्र मुस्लिम देश हो जहाँ साक्षरता शतप्रतिशत रहेको छ । यो देशमा पढाईको गुणस्तर धेरै नै राम्रो रहेको छ । यसैले यो देशलाई विज्ञान र प्रविधिका लागि अगाडि र विकसित मानिन्छ ।

सदियौंदेखि यो देशका महिलाहरुलाई बहादुर र योद्धा मानिदै आएको छ । यहाँका महिलाहरुले पुरुष भन्दा साहसिक काम गरेको पाइन्छ । यो एक यस्तो मुस्लिम देश हो जहाँ प्रतिशतका हिसाबले सबैभन्दा बढी महिलाहरु प्रशासनमा काम गर्ने गर्दछन् र सबैभन्दा साहसिक महिलाका रुपमा पनि लिइन्छ ।

यहाँ घरपालुवा जनावरका रुपमा घोडा पालिन्छ । पहिले पहिले यहाँका मानिसहरु काठबाट बनेका परम्परागत घरमा बस्न रुचाउँथे । मेन्डलिनको पिरियडिक टेबलमा पाइने ११० पदार्थमध्ये ९९ तत्व यो देशमा पाइन्छ ।

योे विश्वको एक मात्र यस्तो देश हो । काजकिस्तानको धेरै क्षेत्र समुन्द्रसँग कम मात्रामा जोडिएको छ ।धेरै वैज्ञानिकहरुका अनुसार स्याउको उत्पादन काजकिस्तानको पर्वतमा भएको हो भन्ने रहेको छ । यहाँको राजधानी अस्ताना हो तर काजकिस्तानको ठुलो शहरका रुपमा अल्माती रहेको छ । यो यति विकसित देश हुनका बाबजुत यहाँका केही मानिसहरु मान्छन् कि यदि घरभित्र सिठ्ठी बजायो भने त्यो मानिस गरिब हुने मान्यता रहेको छ ।


Facebook Comment


No ads found for this position