पीडितसँग प्रहरीद्वारा २० लाख असुली

७ साउन, काठमाडौं । प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।
nepal policeपरिसरमा वैदेशिक रोजगारसम्बन्धी गठीमा निवेदन दिएकी सेवाग्राहीसँग अनुचित  लाभ लिएको आरोपमा सई ज्ञवाली र खड्काउपर छानबिन सुरु भएको हो।
परिसरका अनुसार तीन महिनाअघि वैदेशिक रोजगार पीडित भएर कुवेतबाट नेपाल फर्किएकी सुनसरीकी सुनिता तामाङसँग अनुचित लाभ लिएको सूचनापछि ज्ञवाली र खड्काविरुद्ध अनुसन्धान सुरु भएको हो।
परिसरमा १५ दिनअघि निवेदन दिएकी तामाङलाई कुबेत पठाउने व्यक्तिविरुद्ध मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउनै भन्दै अन्य दुई बिचौलियाको सहयोगमा २० लाख रुपैयाँ असुलेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए। दुवै प्रहरीले आपसमा मिल्ने भनेपछि दुई लाख रुपैयाँ पीडितलाई दिलाएको बताउँदै आएको अनुसनधान गरिरहेका परिसरका अधिकारीले बताए। घटनामा संलग्न सुनिता राई र विनोद राईलाई प्रहरीले खोजिरहेको छ।


Facebook Comment


No ads found for this position