पाटा नेपालद्धारा क्यापासिटी बिल्डिङ्ग इन माईस टृरिजम तालिम सुरु

३ बैशाख, काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)नेपाल च्याप्टरले विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यले आजदेखि मिड भ्याली ईन्टरनेश्नल कलेजमा क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम तालिम सुरु गरेको छ । आगामि मे १२ सम्म तालिम संञ्चालन गरीने तालीममा पाटा नेपाल च्याप्टरका सदस्य शैक्षिक संस्थाहरुबाट ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । तालिम प्रशिक्षकको रुपमा पाटा नेपालले भोग एड् एण्ड इभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत श्री प्रभात रिमाल लाई इभेन्ट कन्सल्टेन्टका रुपमा अघि सारेको छ । वहाँले आगामी मे १२ सम्म विद्यार्थीहरुलाई “प्रर्सनालिटि डेभलपमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट” शिर्षकमा तालिम दिईएको छ ।
उद्घाटन कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले हिमालयन ट्राभल मार्टमा विद्यार्थीहरुको भुमिका तथा उनीहरुको ब्यक्तित्व विकासका निम्ति यो तालीमा आयोजना गर्न लागेको बताउनुभयो ।
यस अभियान अन्र्तगत पाटा नेपाल च्याप्टरले एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात ब्यक्तित्व एबं विज्ञ थाइल्याण्डका डा। बर्ट वालविक लाई आमन्त्रण गरी आगामी मे ६ र ७ मा माईस् टृुरिजम् सम्बन्धि २ दिने तालिम आयोजन गर्न लागेको पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले बताउनु भयो ।


Facebook Comment


No ads found for this position