पाकिस्तानको एउटा विमान सम्पर्कविहीन, दुर्घटना भएको आशंका

मंसिर २२ – ४० जना यात्रु बोकेको पाकिस्तानको ध्वजावहाक विमान सम्पर्कविहीन भएको छ । पाकिस्तानकै चित्रलबाट इस्लामावादका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ४० यात्रु र चालकदल सवार विमान एबोटावादको हजारा नजिकै सम्पर्कविहीन भएको पाकिस्तानी अनलाइन डनले जनाएको छ ।

प्रत्यक्षदर्शीले चामान्का जिल्लामा विमान दुर्घटना भएको जानकारी दिएको भए पनि त्यसको पुष्टि हुन सकेको छैन । विमानमा चित्रल जिल्लाका प्रमुखको परिवारका सदस्य पनि यात्रा गरिरहेका थिए ।


Facebook Comment


No ads found for this position