पहिरोले पूर्वी रूसमा ५ सय पर्यटक अलपत्र

भाद्र १७, २०७४, दक्षीण–पूर्वी रूसमा गएको भीषण पहिरोका कारण करिब ५ सय मानिस अलपत्र परेका छन् । रूसी अधिकारीका अनुसार पहिरोका कारण विभिन्न १० देशका १ सय ५० जना विदेशी काबार्डिनो बाल्करियामा फसेका हुन् । उनीहरु ४९ पर्यटन संस्थामार्फत त्यहाँ पुगेका थिए ।

पहिरोका कारण भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, पोल्यान्ड, मलेसिया, स्लोभेनिया, इजिप्ट, बुल्गेरिया, मोल्डोभा र युक्रेनका नागरिक अलपत्र परेको रूसी समाचार संस्थाले जनाएका छन् । रूसी समाचार संस्था टासले भने काबार्डिनो बाल्कारियाको एल्बरुस क्षेत्रमा ७ हजार ७ सय जना थुनिएको जनाएको छ ।
रूसस्थित चिनियाँ दूतावासले घटनामा आफ्ना देशका नागरिक परेको पुष्टि गरेको छ । उसले चिनियाँलगायत अन्य विदेशी पर्यटकलाई उद्धारको आवश्यकता रहेको जनाएको छ ।

रूसको आपतालीन मन्त्रालयले घटनास्थलबाट पीडितलाई उद्धार तथा सहयोग गर्न सरकारी संयन्त्र परिचालन गरिएको जनाएको छ ।

 


Facebook Comment


No ads found for this position