पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, साउन :नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान सञ्चलन गरिएको छ ।


Facebook Comment


No ads found for this position