पशुपतिनाथ नेपाल र भारतका साझा धार्मिक विरासत : मोदी

काठमाडौँ, २९ वैशाख : ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो … ।’ नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिकामा ती शब्द कोर्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभयो ।

आगन्तुक पुस्तिकामा उहाँले भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालाले श्रद्धालुलाई नयाँ सुविधा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो यात्राका लागि कोष र सरकारले गरेको व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिनुभएको छ । भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो पटक पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न पाउँदा आफू प्रशन्न रहेको उहाँले आगन्तुक पुस्तिकामा लेख्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदी यसअघि २०७१ साल साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनका लागि आउनुभएको थियो ।


Facebook Comment


No ads found for this position