पर्यटन व्यवसायी आङकुसाङ शेर्पाको चीनको खुनमिङमा मृत्यु

हङकङमा रहेर नेपालको पर्यटन प्रवद्र्धनमा संलग्न रहँदै आएका आङकुसाङ शेर्पाको दक्षिण चीनको खुनमिङमा मृत्यु भएको छ।

हङकङबाट पर्यटकहरूको टोली लिएर नेपाल गइरहेका ५० वर्षीय शेर्पाको मंगलबार (१२ मार्च) चीनको खुनमिङमा मृत्यु भएको उनी संलग्न हङकङको मिक्स एन्ड म्याच संस्थामा आवद्ध उनका उनका साथीहरूले जनाएका छन्।

सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१० का शेर्पा १७ वर्षदेखि श्रीमति प्रीसिला र दुई छोरीका साथ हङकङको सातिनमा बस्दै आएका थिए।

हृदयघातका कारण शेर्पाको मृत्यु भएको प्रारम्भिक अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र सत्य खुल्ने पारिवारिक स्रोतले जनाएको छ।

१७ वर्षअघि प्रीसिलासँग विवाह गरी हङकङ आएका आङकुसाङ शेर्पा मिक्स एण्ड म्याच संस्थाका संस्थापक अध्यक्ष थिए, जुन हङकङका चिनियाँसँग विवाह गर्ने नेपालीहरूले स्थापना गरेको संस्था हो।

हङकङमा बसोबास गर्दै आएपनि शेर्पाले नेपालमा आफुले अपनाएको पेशालाई नै निरन्तरता दिएका थिए, जसले नेपालमा चिनियाँ पर्यटक वृद्धि गर्न सहयोग पुगिरहेको थियो।

हङकङबाट पर्यटक नेपाल लैजाने, नेपाली ट्रैल रनरहरुलाई हङकङका विभिन्न दौड प्रतियोगिताहरूमा सहभागी गराउन उनले योगदान गर्दै आएका थिए।- मगेन्द्र राई


Facebook Comment


No ads found for this position