पर्यटन व्यवसायीको माग पुरागर्ने तयारीगर्दै ,नेपाल वायु सेवा निगम

आक्रामकरुपमा बजार बिस्तारको रणनीति लिएको नेपाल वायु सेवा निगमले थप दुई वटा न्यारो बडी जहाज खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जहाज थोरै भएका कारण ४० प्रतिशत उडान कटौति गर्नु परेपछि निगमले यस्तो कदम चालेको हो ।

निगमले अहिले एयरबससँग बिमान खरिदको बारेमा छलफल गरिरहेको छ । सार्वजनिक खरिद ऐन परिमार्जन भएसँगै निगमले सिधै एयरबसँग बिमान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले उडान भरेकै स्थानका लागि न्यारो बडी जहाज ल्याउन लागेका हौ । अहिले एयरबसँग प्रारम्भिक छलफल गरिरहेका छौ ।’

ए ३२० २०० सिरिजको न्यारोबडी जहाज खरिद गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए । साथै अहिले निगमले दुईवटा वाइड बडी ३३०(२०० ल्याउन लागेको छ । यो २०१८ को अक्टोबरसम्ममा ल्याउने निगमको तयारी छ ।अहिले दुईवटा वाइडबडी खरिदका लागि निगमले ८ अर्ब रुपैयाँ एएआर कम्पनीलाई पठाइसकेको छ । यी जहाजहरु आइसकेपछि अन्तर्राष्ट्रिय उडानमा निगमकोे बजार हिस्सा बढ्ने श्रेष्ठ बताउँछन् ।

त्रिभुवन बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्नेमा गत वर्ष निगम सबैभन्दा अग्रस्थानमा रहेको रह्यो । सन् २०१५ मा नेपाल एयरलाइन्स नेपालमा सबैभन्दा बढी उडान भर्ने र यात्रु बोक्ने बिमान कम्पनीको सुचीमा क्रमशः तेस्रो र पाँचौं स्थानमा थियो । तर, २०१६ मा आइपुग्दा दुवै सुचीमा निगम पहिलो बनेको छ ।

तर यो वर्ष यही साख कायम रहनेमा आशंका उत्पन्न भएको छ । निगमसँग अहिले दुईवटा बोइङ छन् । तीमध्ये बि ७५७,२०० पुरानो भएर लिलामीमा राखिएको छ भने बी ७५७,२०० एम मर्मतको लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा छ ।अहिले निगमले दुईवटा ए ३२० एयरबसबाट मात्रै सेवा प्रदान गरिरहेको छ । एक लिलामीमा र अर्को मर्मतमा गएका कारण यसको ४० प्रतिशत उडान कटान भएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

भुटानबाट भाडामा लिन लागेको जहाज पनि कानुनी जटिलताका कारण यसले ल्याउन सकेन । जसका कारण सन् २०१५ मा दुईवटा एयरबस भित्राएर कमाएको साख यो वर्ष गुम्ने खतरा छ ।सन् २०१५ को तुलनामा सन् २०१६ मा निगमको व्यवसाय आक्रामक हुनुमा पहिलो कारण विमान थपिनु नै थियो । सन् २०१५ मा थपेका बिमानले नै यसको साख उँचो बनाइदिएका थिए । एयरलाइन्सले अहिले भारतका दिल्ली, मुम्बई, बैंगलोरदेखि लिएर बैंकक, क्वालालम्पुर, दोहा, हङकङ र दुवईमा समेत उडान भरिरहेको छ ।

यसअघि दिल्ली, दोहा, मुम्बई र बैंगलोरमा यसका उडान थिएनन् । ती गन्तव्यमा विदेशी विमानबाट मात्रै नेपालीहरु आवतजावत गर्न बाध्य थिए । नेपाल एयलाइन्सले विदेशका विभिन्न स्थानमा उडान गर्न थालेपछि अन्तरार्र््िट्रय विमान कम्पनीले पनि नेपालको भाडादर संशोधन गर्न बाध्य भएका छन् ।अहिले निगमले दुई थप न्यारोबडी ल्याएर दुबई, दोहा, हङकङ र दिल्लीमा थप उडान भर्ने तयारी गरेको छ । स्वदेशी जहाज नहुँदा अन्तर्राष्ट्रिय बिमान कम्पनीले नेपाल आउने भाडा चर्को असुल्ने गरेका छन् ।

जसले पनि नेपालको पर्यटन व्यवसायलाई असर गरेको छ । निगमको जहाज बढेसँगै भाडा सस्तो हुने र नेपालमा पर्यटक बढ्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।पर्यटन व्यवसायीले निगमलाई पटक पटक जहाज थप्न आग्रह गर्दै आएका थिए । यसै अनुरुप नै निगमले थप दुई न्यारोबडी जहाज पनि ल्याउन लागेको हो ।


Facebook Comment


No ads found for this position