पर्यटन मन्त्रीको फितलो अश्वासन .

मंसिर २४,घुमफिर
पर्यटन मन्त्री जीवनबहादुर शाहीले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताएका छन ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् नाटाको २१ औं सम्मेलनलाई काठमाडौमा सम्बोधन गर्दैै मन्त्री शाहीले अव पर्यटन व्यवसायीहरुले राष्ट्र निर्माणमा जुटने बेला आएको पनि बताए । पर्यटनमन्त्री शाहीले यसो भनीरहदा पर्यटन क्षेत्रमा लागेका व्यवसायी उत्साहीत भने देखिदैन् । सरकारले घोषणा गरेको घुमफिर वर्ष घोषणामै सिमीत भएको र पूर्वाधार निर्माणमा सरकारले सिंङको समेत भाचेको छैन ।देशमा भैरहेको राजनीतीक उथलपुथलले नेपालको पर्यटन क्षेत्र दिनप्रतीदीन खस्कदो अवस्थामा छ ,बन्द हडताल जस्ता गतीबीधिले देशको छवी विग्रदै छ । विदेशबाट नेपाल घुम्न आउनेहरु चर्को हवाईभाडा तीर्न बाध्य छन भने नेपालवायुसेवाले विमान थप्ने र नया नया गन्तब्यमा उडान भर्नेकुरा छेपाराको कथा जस्तै भएको समयमा मन्त्री शाहीले पर्यटन व्यवसायी देश निमार्णमा जुट्ने कुरा गरेको हास्यास्पत भएको प्रतीकृया दिएका छन । मन्त्री शाहीले राजनीतिक चलखेलका कारण नेपाल बायु सेवा निगम डुब्दै गएको उल्लेख गर्दै अव त्यसो हुन नदिने अठोट समेत गर्न भ्याएको कार्यक्रममा नीगमको सुधारकालागी कुनै योजना वा विमान थप्नेकार्यको जिकिर समेत गर्न सकेनन् ।कामगरेर देखाउने कुनै योजना समेत नभएको जस्तो देखिने मन्त्रीले यसपटक पनी अन्य मन्त्रीहरु भैm केवल झुटो आस्वासन मात्र पर्यटन व्यवसायीलाई दिएका छन् । नेपालको पर्यटन विकासमा कुनै दुरदर्शता नभएका मन्त्रीले हरेकले म परिवर्तन हुन्छु भन्ने संकल्प लिए राष्ट्र निर्माणमा कठिनाई नहुने भन्दै उम्कन खोजेका थिए ।नेपालको पर्यटकीय क्षेत्र विश्वसामु प्रख्यात भए पनी सरकारको उचीत तथा दुरगामी नीती नहुदा पर्यटन व्यवसायी नीरास हुदै गएका छन । कार्यक्रममा एमालेका नेता प्रदिप ज्ञवालीले मुलुकको बिकासका लागी सबै हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । नाटाले २१ र्औ सम्मेलनलाई आफ्नो स्वर्ण महोत्सवका रुपमा मनाएको हो ।


Facebook Comment


No ads found for this position