पर्यटन प्रवद्र्धनका लागि यहाँ ढोरपाटन महोत्सव हुने

बागलुङ, २० चैत : कृषि, पर्यटन र व्यापार प्रवद्र्धनका लागि यहाँ ढोरपाटन महोत्सव हुने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा हुने महोत्सव आउँदो वैशाख १ देखि ७ गतेसम्म चल्नेछ ।

बागलुङ उद्योग वाणिज्य संघ बुर्तिबाङ एकाइद्वारा आयोजित महोत्सवमा थानीय उत्पादनको प्रदर्शनी, बिक्रीका लागि राखिने छ ।

महोत्सवस्थलमा १०० जति व्यावसायिक कक्ष रहने एकाइका अध्यक्ष चिन्तामणि शर्माले बताउनुभयो । मेलामा विभिन्न जातजातिका परम्परा झल्कने सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने भएको छ ।

मेलामा खुल्ला पुरुष तथा महिला भलिबल, ताराखेल, छेलो, रस्साकस्सी, पञ्चेबाजा, तेक्वान्दो, कविता आदि प्रतियोगिता पनि सञ्चालन हुनेछन् । प्रदेश नं ४ स्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिने एकाइका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

देशकै एकमात्र ढोरपाटन शिकार आरक्षको प्रवद्र्धनमा पनि सो महोत्सवले टेवा पु¥याउने ठानिएको छ । महोत्सव अवलोकन गर्न जाने पर्यटकले बुर्तिबाङदेखि २७ किलोमोटर यात्रापछि ढोरपाटन पुग्न सक्नेछन् । ढोरपाटन जान र फर्कनका लागि स्थानीय यातायात व्यवसायीले आवश्यक व्यवस्था मिलाएका छन् । हेलिकप्टरबाट घुम्न चाहने पर्यटकलाई सोको पनि व्यवस्था मिलाइएको एकाइका महासचिव राम सुवेदीले बताउनुभयो ।


Facebook Comment


No ads found for this position