पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढे

पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक पोखरामा आएसँगै पोखरामा आन्तरिक पर्यटकको संख्यामा उल्लेखनिय रूपमा वृद्धि भएको व्यवसायीहरू बताउँछन् । होटल ब्यबसायीहरुको सस्था रेबानले आयोजना गरेकोपोखरा सडक महोत्सवले गर्दा पोखरामा आन्तरीक पर्यटकहरुको बढेको हो ।
रेबानका कोषअध्यक्ष योगेश भट्टराइले भने पोखरमा प्रत्येक बर्ष हामीहरुले नया नया कार्यक्रमहरु गरी रहेका छौ । बिशेष गरी यो समयमा आन्तरीक पर्यटकहरुकै
चहल पहल बढी हुने गरेको छ । सडक मै खाउ सडकमै रमाउ भन्ने मुल उदेश्य नै यो पटकको सडक महोत्सवको मुलमन्त्र रहेको बताए ।
“अंग्रेजी नयाँ वर्षको अवसरमा देशका मुख्य सहरदेखि पोखरा आसपासका आन्तरिक पर्यटक पोखरा आउने भएकोले डिसेम्बर २९ देखि जनवरी एक तारिखसम्म पर्यटकको भीडभाड हुने गरेको कोषअध्यष भट्टराई बताउछन् ।
यतिबेला पोखराका होटल तथा रेष्टुराँ व्यवसायीहरूलाई भ्याई–नभ्याई हुन्छ, एक साताको व्यापारले पोखराका ब्यबसायीहरुलाई निकै
राहत हुने गरेको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने हवाई उडानमा समेत वृद्धि भएको छ । केहि दिनदेखि पोखरामा करिब ३० प्रतिशतले हवाई उडान वृद्धि भएको नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकृत काशीराम सुवेदीले बताए । बुद्ध एयरले हाल ७ वटासम्म उडान गरेको छ भने यति एयरलायन्सले ११ वटा र सिम्रिक एयरले एउटा उडान बढाएको छ । अन्य समयमा बुद्धले ४ देखि ५ वटा, यतिले ८ देखि ९ र सिम्रिक एयरले ३ वटा पोखरा काठमाडौं उडान गर्दै आएका छन् । त्यस्तै
काठमाडौंबाट पोखरा आउने यात्रुवाहक बस तथा पर्यटकीय स्तरका बसमा समेत यात्रुको चाप बढेको छ । अं


Facebook Comment


No ads found for this position