पर्यटकीय गाउँ तोल्काको मेला सम्पन्न

 

पोखरा: कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ तोल्कामा तिहारका अवसरमा आयोजित एकहप्ते मेला सम्पन्न भएको छ ।

‘जब युवा अघि बढ्छ, तब देशको विकास हुन्छ’ भन्ने मूल नाराका साथ स्थानीय देउराली युवा क्लबद्वारा आयोजित सो मेलामा खेलकुदसँग सम्बन्धित १४ संस्करण सम्पन्न भएकोे क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलाको आकर्षणका रुपमा रहेको पुरुष भलिबलतर्पm आयोजक देउराली युवा क्लबलाई हराउँदै चण्डी युवा क्लब सावेतले उपाधिसहित रु ४० हजार शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

बेष्ट अफ फाइभका आधारमा सञ्चालित सो प्रतियोगिताको उपविजेता देउराली क्लबले रु २५ हजारसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेको बताइएको छ । प्रतियोगितामा २५ टोलीको सहभागिता थियो ।

प्रतियागितामा बौद्ध युवा क्लबले सान्त्वना स्थान हासिल गरेर रु १५ हजार, शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेको थियो । बेष्ट प्लेयरका रुपमा तोल्का युवा क्लबका सनम थापा मगर, बेष्ट स्टाइकर सावेतका मनोज गुरुङ, बेष्ट क्लकरका रुपमा घलेलका सन्तोष विकल भई पुरस्कृत भएका थिए ।

प्रतियोगिताका विजयी क्लब तथा खेलाडीलाई अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष घनश्याम चापागाईं, क्लबका अध्यक्ष सन्तोष गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । मेलामा गाउँस्तरीय तथा भेट्रान्स पुरुष भलिबल, छेलो हान्ने, डोरी तान्ने, घैँटो फुटाउने, मेच घुमाइ तथा मकै गन्ने प्रतियोगिता समावेश गरिएको थियो ।


Facebook Comment


No ads found for this position