पर्यटकहरुलाई समस्यै समस्याहरु छन्: ब्यबसायी पराजुली

गत वैशाखमा गएको विनाशकारी महाभूकम्पले शून्यमा झरेको नेपालको पर्यटन क्षेत्रमा सेप्टेम्बरदेखि सुरु भएको पर्यटकीय मौसमदेखि पुनः चहलपहल सुरु हुने अपेक्षा गरि सहदा आउदा दिनहरु थप चुनौतीपुर्ण हुने हानका अध्यक्ष भरत पराजुलीको बुझाई रहेको छ ।नेपालको पर्यटन क्षेत्रबारे संचारमाध्यममा आएको खबरहरु जस्तो पर्यटकको चहलपहल बडेको र होटल बुकिङ निक्कै राम्रो रहेको कुरामा विश्वस्त छैनन् । ,सुधार त केहि अवश्य भएको छ तर आउदा दिनमा नेपालको पर्यटन क्षेत्रमा सजिलै सुधार देखीदैन ,उनले भने ।नेपालको पर्यटन क्षेत्रको अवस्थाको बारेमा घुमफिरले अध्यक्ष पराजुली संग गरेको कुराकानी …

bharat-parjuliनेपालमा गएको विनासकारी भूकम्पको २ वर्षपछि पर्यटन क्षेत्रमा कस्तो किसीमको भिन्नता पाउनु भएको छ ?

नेपालका गएको विनासकारी महाभूकम्प पछि नेपालको पर्यटन क्षेत्र त तहस नहस नै भयो । । भूकम्प आउनु भन्दा केहि समय अगाडी सम्म त नेपालको पर्यटन क्षेत्रले केही गती लीएको थियो,पीकमा नै पुगेको थियो । होटलहरु पनी निक्कै राम्रो अवस्थामा संचालन भैरहेको थियो ।तर भूकम्प पछि विशेष गरेर नष्ट भएका भौतिक पूर्वाधारहरु निर्माण नहुदा पर्यटकहरुमा पनि निसारा आएको छ ।अहिले विस्तारै उकालो लाग्दै छ तर यो अहिले देखिएको राजनीतीक अवस्था न सुध्रिएको र काठमान्डौको अन्तराष्ट्रिय विमानस्थलको अवस्थामा सुधार नआएकोले अहिले पनी समस्या ग्रस्त नै देखिन्छ । यसमा पनी विशेष गरेर नेपाल आउने पर्यटकहरुले विभिन्न समस्याहरुको सामना गर्नुपर्दा पर्यटकहरुको सख्या बड्न नसकेको मैले महसुस गरेको छु ।काठमान्डौको ट्राफिक अवस्थामा निकै धेरै समय अल्मलीनु पर्छ अर्कोकुरा नेपालको आकाश सुरक्षीत छैन,कोहि आउदा डाडाकाडा भएको देशमा आकाशमै विमान लामो समय होल्डहुनुपर्ने अवश्था छ ।अर्को कुरा अन्तराष्ट्रिय विमान स्थलमा अन्तराष्ट्रिय स्तरको पुर्वाधारको कमी छ ।सुरक्षाको पुर्वाधार निकै कम छ ।

अहिले नेपालको पर्यटकको अवस्था कस्तो पाउनु भएको छ ?
मुलुकभरका विभिन्न ठाउँमा भइरहेका बन्द, हडताल, झडप एवं आन्दोलनका गतिविधिले पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । जसकारण विगतका वर्षहरूको तुलनामा अहिले होटल बुकिङ न्यून देखिएको छ । विगतका वर्षमा असोजदेखि सुरु हुने, वर्षकै सबैभन्दा उत्कृष्ट पर्यटकीय मौसमका लागि होटल व्यवसायीलाई बुकिङ लिन भ्याइनभ्याई हुने गरे पनि यस वर्ष भने विगतका वर्षहरूको तुलनामा होटल बुकिङ गर्ने पर्यटकको संख्या केही घटेको छ ।

कस्तो किसीमको समस्या भन्न खोज्नु भएको हो ?
नेपालमा आउने पर्यटकहरुकालागी धेरै समस्याहरु छन् । जसमध्य केही समस्याहरु भन्छु सुन्नुस । नम्बर १ त नेपालको एकमात्र अन्तराष्ट्रीय विमान स्थलको कुनै सुधार हुन सकेको छैन । नेपाल संसारकै घुम्न लायक राम्रो देश भएपनी उडान भर्ने विमानको संख्या कहिले बडाउन सकिएन,भएका उडान महंगो भयो ।नम्बर दुई , विमान स्थलमा कार्यरत जिम्मेवार व्यत्तीहरुले आफ्नो जिम्मेवारी निर्वाह राम्रो संग गरिरहेको अवस्था छैन ।विदेशीहरुलाई गरिने आथित्यता राम्रो छैन । सरकारले पनी यतातीर ध्यान दिन सकेको छैन । पर्यटकहरुको लगेजहरु सुरक्षीत हुदैनन् । पाइला पाइलामा पर्यटकहरु संग पैसा माग्ने, घुस नभईकन काम नगर्ने, विमानस्थल भित्र र बाहिर असाध्यै फोहोर हुनु ,ट्रलीको राम्रो व्यवस्था न हुनु , र बाहिर निस्कने वित्तिकै ट्याक्सी चालकहरुको मनलाग्दी दादागरी , पर्यटकहरुलाई तानातान गर्ने अवस्था, त्यहाबाट निस्केपछि ट्राफिक जाम ,प्रदुषण लगाएतका विभिन्न समस्याहरु रहेका छन । पर्यटकहरुले यस्ता कुरामा दुःख पाएपछि खर्च गरेर किन आउने नेपाल ?ट्राफिक बडेको बडयै छ तर त्यसतर्फ सरकारले कुनै ध्यान दिन सकेको छैन ।नाका बन्दहुदा चाईनीज पर्यटक ल्याउन सकिएको छैन । होटल व्यवसायीहरुले होटलका रुमहरु थपेकाछन् ।यस्तो अवस्थामा पर्यटकको सख्यामा वृद्धि हुन्छ भन्ने कुमारमा हामी आशावादि छैनौ ।

पोखरामा पनी क्षेत्रीय स्तरको अन्तराष्ट्रिय विमान स्थल बन्दै छ , यो समस्या त समाधान होला नी अब ?
अन्तराष्ट्रिय विमान स्थल भएरमात्र हुदैन ।विभिन्न कुरामा ध्यान दिन जरुरी छ ,त्यही अनुसारको पुर्वाधार सरसफाई कुराहरुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो तर्फबाट पनी अहिले चाईनीज सरकारको सहयोगमा १५ करोण बराबरको सोलार लाईट राख्ने सम्झौता भएको छ र अन्य उद्योगवाणिज्य संघ र पर्यटन व्यवसायी संग मिलेर सहरलाई ग्रीन सिटी बनाउने तीर छलफल गर्दै छौ ।पोखराको विमानस्थल बनेपछि यो समस्या केहि हद सम्म त समाधान होला नै यसकालागी हामीले पनी स्थानीय प्रसास संग मिलेर विभिन्न कार्यहरु गरी रहेका छौ । यहाका पुर्वाधार निमार्णमा हामीलपनीे केहि कार्य अघि बडाएका छौ । नगरपालीकाले पनी सडक फराकीलो बनाउने पेटी निमार्णमा तदारुकता देखाएको छ ।यसमा हाम्रो भन्नु के छ भने सरकारमा स्थीरता आउन जरुरी छ । सरकार परिर्वतन भए संगै सरकारको नितीमा परिर्वतन आउन भएन अनीमात्र थालेको कार्यले पुर्णता पाउन सक्छ ।भएका पुर्वाधारको संरक्षण लगाएत फेवातालको संरक्षणमा पनी ध्यान दिएका छौ । काठमान्डौ भन्दा राम्रै हुन्छ भन्ने छ ।

अहिले पोखरामा चिनीया पर्यटकको आवागमन बड्दै छ रे नी?
मलाई त्यस्तो लाग्दैन् ।विभिन्न संचारमाध्यममा के देखेर यस्तो खबर आयो कुन्नी तर त्यस्तो मैले देखेको छैन ।अहिले त चिनीया पर्यटक जीरो छ ।होटल बुकिङपनी सोचे जस्तो छैन ।
आगामी वर्षमा नेपालको पर्यटकको सख्या बड्न सक्ने तथ्याङकले देखाएको छ । तयारी कस्तो गर्नु भएको छैन ?
आगामी वर्षमा पनी पर्यटको सख्यामा वृद्धिहुनामा पनी म विश्वस्त छैन । पर्यटन व्यवसायीहरु अब आउने पर्यटकहरुको स्वागतकालागी तयार छन तर सरहारको कुनै तयारी देखिदैन । नेपाल सरकारले घोषणा गरेको घुमफिर वर्ष घोषणामै सिमीत हुन्छ । किनभने त्यसकोलागी सरकारले कुनैपुर्वाधार निमार्णमा ध्यानै दिएको छैन काठमान्डौका फोहोर प्रदुषण,ट्राफिक व्यवस्था अस्तव्यस्त छ । जापान सरकारले कलंकी नाडढुगा सम्म सुरुङमार्ग निमाणकोलागी सहयोग गर्दा समेत नेपालसरकारले दु्रतगतीमा काम गर्न सकेको छैन । सुरक्षा व्यवस्था लथालीङ छ । पर्यटकलाई गरिने व्यवहार राम्रो छैन ।बाटोघाटो निमार्णमा ध्यान दिन सकेको छैन र अहिले पर्यटकीय मौसमको मुखैमा आएर प्रदेशको विषयलाई लिएर राजधानीसहित देशभर आन्दोलन चर्किएपछि पर्यटक नेपाल भ्रमणमा कसरी आउछन ?

अन्तमा केहि भन्नु छ?
नेपाको पर्यटन क्षेत्रलाई पहिलाकै स्थानमा पु¥याने हो भने सरकार स्थीर हुनुप¥यो र सरकार परिर्वतन भए संगै नीतीहरुमा परिर्वतन हुनु भएन । र अहिले पोखरामा निमार्ण भैरहेको विमानस्थल र भैरहवामा निमार्ण भैरहेको विमान स्थलको निमार्णलाई विभिन्न बहानामा ठीलासुस्ती गर्नु भएन ।सरकारले अन्य पूर्वाधार निमार्णमा विशेष ध्यान दिन सकोस र पुग्दोमात्रामा विमानहरु पनी थपोस भन्न चाहन्छु ।त्यस्तै कंलकीको सुरुङमार्गमा ध्यान दिन प¥यो भने नारायणगढ मुग्लीङ सडक विस्तारलाई तिब्रता दिन प¥यो ।


Facebook Comment


No ads found for this position