नेपाल वायु सेवाको विमान दिल्लीमा आकस्मिक अवतरण

Nepal airlines२७ भदौ, काठमाडौं ।  दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गरिएको छ ।१६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको आरए २१८ विमानमा समस्या आएको थियो ।उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो ।

विमानमा समस्या आउने वित्तिकै पाइलटले दिल्ली एयर ट्रफिक कन्ट्राेलमा जानकारी गराएका थिए । त्यसपछि विमानलाई फर्काएर इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको रन वे २८ मा अवतरण गराइएको थियो ।विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायर पडि्कएको जनाइएको छ ।विमानका चालक दल र सबै यात्रुहरु सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।


Facebook Comment


No ads found for this position