नेपाल–चीन केरुङ राजमार्ग बन्द

kerung-naka rasuwaरसुवा, २७ भदौ । आज बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भिरको माथिबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ । अहिले त्यस राजमार्गमा मानिस ओहोरदोहोर गर्ने अवस्थासमेत नरहेको बताइएको छ । पहाडको अग्लो स्थानबाट ढुङ्गा झरिरहेकाले राजमार्ग खुलाउन अझै चार÷पाँच दिन लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।


Facebook Comment


No ads found for this position