नेपालको समृद्धीको आधार पर्यटन हो : पर्यटन राज्यमन्त्री बुढा

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले नेपालको समृद्धीको आधार पर्यटन भएको बताए । विश्व पर्यटन दिवसको अवसरमा कुरा गदै राज्य मन्त्री बुढाले भने पर्यटन क्षेत्रमा कम लगानी बिना नै धेरै आम्दानी गर्न सकिने भएकाले नेपालको समृद्धीको आधार पर्यटन भएको बताए ।
नेपाल जता हेर्यो त्यती राम्रो छ तर यस्को राष्टिय तथा अन्ताराष्टिय स्तरमा उचित प्रचार प्रसार तथा प्रवद्धन गर्न नसक्दा जती पर्यटन क्षेत्रबाट फाईदा लिनु पर्ने हो राज्यले त्यती लिन नसकेको बताए । यस्का लागी सबै एक जुट हुनु पर्ने बताए ।
पर्यटन क्षेत्रमा बिभिन्न संघ सस्थाहरु रहेका छन अब सबै मिलेर एक जुट भएर लाग्नु पर्ने बताए । उनले भने राािष्टय तथा अन्तराष्टिय क्षेत्रमा परिचित रहेको पर्यटन क्षेत्र डोल्पा जिल्ला प्रतिनिधी हु , तर पर्यटन क्षेत्र बाटा डोल्पाले जती फाईदा लिनु पर्ने हो त्यती लिन सकेको छैन । डोल्पा मात्र नभएर समग्र देशभरीका जिल्लाहरुले जती पर्यटन क्षेत्रबाट फाइदा लिनु पर्ने हो त्यती लिन नसकेको बताए । उनले भने अबको संसार भनेको डिजीटलेको दुनिया हो यसकार अब हामीले प्रचार प्रसार तथा प्रवद्धनका कार्यहरु पनी बिस्तारै डिजीटल गदै लैजानु पर्ने बताए । यस्को लागी पर्यटन मन्त्रालयले पहल गरी सकेको बताए ।


Facebook Comment


No ads found for this position