नारायणहिटीमा ऐतिहासिक कलाकृतिहरु चोरिए

४ साउन, काठमाडौं । नारायणहिटी दरबारमा रहेका नेपालको इतिहासका विभिन्न कालखण्ड झल्कने ऐतिहासिक कला सृजना तथा तस्विरहरु हराउन र नष्ट हुन थालेका छन्। संग्रहालयभित्र एउटा ग्यारेजमा अव्यवस्थित रुपमा थन्काइएका यस्ता सामग्रीहरुप्रति सम्बन्धित निकायको वेवस्ताले हराउन थालेको कर्मचारीहरुको भनाइ छ।

naryanhiti darabar‘तस्विर र कलाकृति राखिएको ठाउँमा पानी चुहिन्छ र पानीले भिजेर आधाभन्दा बढी तस्वीरहरु नष्ट भइसकेका छन्,’ संग्रहालयमा काम गर्ने एक कर्मचारीले भने, ‘दुई महिना अघिसम्म भएका केही तस्विर अहिले देखिएका छैनन्, हराए।’

परराष्ट्र मन्त्रालय बसेको हाता नजिकै एउटा भुईँतले कोठामा यस्ता तस्विर र कलाकृति छरपस्ट पारेर राखिएको थियो। परराष्ट्र मन्त्रालय सरेपछि ती तस्विरहरु अझै बेवारिसे र अलपत्र परेको कर्मचारीहरुको अनुभव छ।

स्रोतका अनुसार, सो कोठमा सुरेन्द्रवीरविक्रम शाहको पालादेखि इतिहासका विभिन्न कालखण्डका तस्बीरहरु दरबारमा संकलन गरी राखिएको थियो।

विभिन्न विदेशी पाहुनाहरु नेपाल आउँदा, तत्कालीन राजाहरुले विभिन्न ठाउँहरु भ्रमणमा जाँदा, तत्कालीन प्रधानमन्त्रीहरुले राजालाई भेटदा र अरु ऐतिहासिक घटनासंग सम्बन्धित तस्बीरहरु दरबारमा संकलन गरेर एलबमहरुमा राखिएको थियो। यसैगरी राजा त्रिभुवनले टुडिखेलमा उभिएर भाषण गर्दा, महेन्द्रले महेन्द राजमार्गको उद्घाटन गर्दा बाटो खनिरहेको फोटो पनि संकलन गरेर राखिएको थियो।

‘राजा त्रिभुवनको एल्वम् नै गायव पारिएको रहेछ’ एक कर्मचारीले भने, ‘अनि नेता विपी कोइराला र महेन्द्रका भेटवार्ताका तस्विरहरु पनि छैनन्, कता गए ? कसले लग्यो ? कसले खोजी गर्ने?’ त्यति मात्र होइन, संग्रालयबाट पुराना केही हस्तकला र पेन्टिङहरु पनि हराउन थालेको उनको भनाइ छ।

त्यसैगरी वीरेन्द्रको पालादेखि संकलन गरेर राखिएका शाही विषयवस्तुका डकुमेन्ट्री र भिडियो फुटेजहरु पनि दरबारमा संकलन गरेर राखिएको छ।

सुरुमा नारायणहिटी दरबारकै मंगल सदन छेउको एउटा ग्यारेजमा ती तस्वीहरुलाई डम्पिङ गरेर राखियो। त्यतिखेर नै तीमध्ये केही नष्ट भए। ‘ऐतिहासिक तस्बिरहरुलाई एउटा सुरक्षित कोठामा लैजाने पहल कसैले गरेन,’ नारायणहिटी दरबारमा काम गरेका एक अवकाशप्राप्त कर्मचारी भन्छन्, ‘गणतन्त्र आएपछि राजा ज्ञानेन्द्रले दरबार छोडेर जाँदा पनि उनले केही महत्वपूर्ण तस्विरहरु आँफैसँग लगेका थिए।’

पूर्वराजाले दरबार छोडेपछि नेपाल सरकारले नारायणहिटीमा रहेका सम्पत्ति र त्यहाँका सबै सामानहरुको लागत तयार गर्न र संकलन गर्न तत्कालिन गृह सचिब गोविन्द कुसुमको संयोजकत्वमा एउटा समिति तयार गरेको थियो। ज्ञानेन्द्रको शासन कालमा बैकुण्ठमान श्रेष्ठले दरबारका निजी छायाँकार थिए। ज्ञानेन्द्रले आफू सत्तामा रहँदा तस्बिरहरुको लागि एउटा छुट्टै फोटोग्राफी शाखा बनाएका थिए। सो शाखालाई श्रेष्ठले हेने गर्थे।

गोविन्द कुसमको संयोजकत्वमा गठित समितिले दरबारका सबै तस्बिर र कलाकृतिहरुबारे लगत राख्यो तर त्यसको सुरक्षाको चाँजोपाँजो भने मिलाइएन।


Facebook Comment


No ads found for this position