नारायणगढ-मुग्लिन सडकको हिलोमा प्रधानमन्त्री पुगेपछि….. (फोटोफिचर)

चितवन : प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन-नारायणगढ सडकखण्डको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन्। निर्माणाधीन मुग्लिन-नारायणगढ सडकको अनुगमनमा बुधबार चितवन पुगेका देउवाले यस्तो निर्देशन दिएका हुन्।

नारायणगढ-मुग्लिन सडकखण्डको हिलाम्य सडकमै पसेर प्रधानमन्त्री देउवाले अवलोकन गरेका छन्। ‘निर्माणका क्रममा अप्ठेरो परे सरकार सहयोग गर्न तयार छ तर बाटो जति सक्दो छिटो बन्नु पर्‍यो’ सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा देउवाले भने। उक्त सडकखण्ड मुलुकै लाइफलाइन भएकाले मानवीय संवेदनालाई ख्याल गरी यथासीध्र काम सम्पन्न गर्न देउवाले आग्रह गरे।

दासढुंगाको प्रेसिडेन्सी रिसोर्टमा आयोजित कार्यक्रमा यातायातमन्त्री वीरबहादुर बलायरले अबका दिनमा कुनैपनि बहाना पारेर म्याद थप गर्न नदिने स्पष्ट पारे। कार्यक्रममा अयोजना प्रमुख चन्द्र नारायण यादवले हालसम्म भएका कामको प्रगति विवरण प्रधानमन्त्रीसामु प्रस्तुत गरेका थिए।

अनुगमन कार्यक्रममा पूर्वमन्त्रीहरु प्रकाशसरण महत, बालकृष्ण खाँड लगायतको समेत उपस्थिति थियो। त्यसैगरी प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरे, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सचिव देवेन्द्र कार्की सहभागी थिए। अनुगमनमा गएका प्रधानमन्त्री देउवाले निर्माणाधीन सडकको विभिन्न खण्डको अवलोकन गरेका थिए।सडकको स्तरोन्नतिका लागि दुई वर्षमा सक्ने गरी सन २०१५ अप्रिलमा काम सुरु गरिएको थियो। सडक निर्माणका लागि हालसम्म दुई पटक म्याद थपिएको छ। पछिल्लो समय २०१८ फेब्रुवरीमा काम सक्ने गरी म्याद थपिएको छ। तीन ठेकेदार कम्पनीले जिम्मा लिएको यस सडकखण्डको काम समयमै नहुँदा पहिरो गइरहने गरेको छ। जसका कारण यस सडकबाट यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्दै आएका छन्। यसक्रममा पहिरोका कारण प्रहरीसहित थुप्रै यात्रुले ज्यान गुमाइसकेका छन्।


Facebook Comment


No ads found for this position