नाराको अध्यक्षमा मगर विजयी

काठमाण्डौ । नेपाल एसोसिएन अफ र्याफटीगको(नारा) अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । मगरले अध्यक्षका अर्का प्रत्यासी गंगा नेपाललाई पराजीत गदै विजयी भएका हुन् ।
कुल खसेको ६० मत मध्य मगरले ३२ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी नेपालले २७ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्ष कमल ठकुरीले ३७ मत ल्यएका थिए भने उनका प्रतिद्धन्द्धी पर्शुराम पाण्डेले २१ मत ल्याएका थिए ।
त्यस्तै सचिवमा भिष्मराज थपलीयाले ३३ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी देवराज जैशीले २५ मत ल्याएका थिए । त्यस्तै सदस्यहरुमा राजु खड्काले, ४०, विष्णुहरु सिववालले ३४ र उद्धव कडेलले ३६ मत ल्याएका थिए भने महासचिवमा शिव अधिकारी, कोषअध्यक्षमा रिता अधिकारी निर्विरोध भएका थिए ।
सचिवमा विजयी भए लगतै भिष्मराज थपलीयाले भने यो जित सम्मपुर्ण र्याफटीग ब्यबसायीहरुको जित हो । अब यस कमिटीले र्याफटीगमा ब्यबसायमा देखिएका बिकृती र समस्याहरुलाई पहिचान गरेर समस्या समाधान गर्नका तर्फ लाग्ने छ ।


Facebook Comment


No ads found for this position