नयाँ सरकार धारा २९८ अनुसार बन्ने

१ साउन, काठमाडौं । संविधानविद् तथा कानुन व्यवसायीहरुले अविश्वासको प्रस्ताव पास भए नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनै नपर्ने बताएका छन् ।

prachanda-sherbahadurकेही कानुन व्यवसायी तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले वर्तमान सरकार हटेपनि नयाँ सरकार बन्न नसक्ने तर्क गरेपछि नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरुले शनिबार संविधानविद् र कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।

सिंहदरवारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुको नयाँ संविधान अनुसार नयाँ सरकार बन्न नसक्ने तर्क आएको भन्दै के हो भनेर सोधेका थिए ।

जवाफमा संविधानविद् र कानुन व्यवसायीहरुले केपी शर्मा ओली जुन धारालाई केटेर प्रधानमन्त्री भए, त्यही धारा अनुसार नयाँ सरकार बन्ने बताएका छन् । ‘अविश्वासको प्रस्ताव पास भएपछि प्रधानमन्त्रीले राजीनामा दिन पनि पर्दैन, कसैले घोषणा गर्नु पनि पर्दैन’ नेपाल बार एशोसिएनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले भने ।

धारा २९८ को उपधारा १० मा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सही मन्त्रिपरिषद्ले काम गर्न सक्छ भनेको र १३ मा छ महिनाभित्र दुई पटक अविश्वासको प्रस्ताव राख्न पाइँदैन भनेको उल्लेख गर्दै उनले नयाँ सरकार बन्ने बताएका छन् ।

वरिष्ठ अधिवक्ता सूर्य ढंगेलले भने, ‘अविश्वासको प्रस्ताव पाएभएपछि संसदले राष्ट्रपतिलाई जानकारी दिन्छ । र, राष्ट्रपतिले सात दिनभित्र सहमतिको सरकार बनाउ भन्छ । नभए बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्छ ।’

कांग्रेस नेता रमेश लेखकले संविधान धारा २९८ अनुसार नयाँ सरकार बन्ने बताए । त्यही धारालाई केटेर अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै उनले भने, ‘अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्री स्वत पदमुक्त हुन्छ र धारा २९८ र संसदको नियमावली ४९ र १६० बमोजिम नयाँ सरकार बन्नसक्छ ।’सभासद एवं अभिवक्ता रामनारायण विडारीले प्रधानमन्त्रीले भ्रम सिजर्ना गरेको आरोप लगाए ।


Facebook Comment


No ads found for this position